0

कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा अमेरिकामा शान्ति जुलुस

विजय थापा
 अमेरिकाको सन् फ्रान्सिस्कोमा उत्तर क्यालिफोर्नियाका संगठित युवाहरुले कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा शान्ति जुलुस आयोजना गरेका छन । बिशेष आगामी सन् २०२२ मा आयोजना हुन लागेको बिश्वकप फुटवल प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाहरु निर्माण गर्न खटिएका नेपाली श्रमिकको श्रम शोषणको बिरोध गर्दै “हामी निसाफ चाहान्छौ, शोषण बन्द गर, नो मोर डेथ, यदि निसाफ छैन भने फिफा पनि छैन।” भन्ने नाराले गुन्जयमान भएको थियो ।
नेपाली श्रमिकहरुको हक, अधिकारको लागि अक्टोबर १३ तारिख बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म जुलुससभाको आयोजना गरिएको थियो । करिब १५ हजार जनाको डिजिटल (अंकीय) हस्ताक्षर पुर्याई सकेका युवा वर्गले एक लाख निबेदन पुर्याउने लक्ष्य लिएको जानकारी दिईए ।
a-1
छिटै संयुक्त राष्ट्रसंघका लागि कतार स्थाई नियोगको कार्यालयमा शान्तिपूर्ण नाराजुलुस गर्दै कतारमा काम गर्ने सम्पूर्ण कामदारहरुलाई मानबीय तरिकाको काम गर्ने अवस्थाको ब्यबस्था गर्न, कामदारहरुले उनिहरुले चाहेको बेलामा काम छोड्न पाउने सुबिधा दिन, कामदारहरुलाई उचित र जिउन सक्ने तहको ज्याला प्रदान गर्न, कामदारको कार्य क्षेत्रमा सुरक्षा व्यवस्था अपनाउन, कामदारहरुको तलब रोकेर नराख्न र समयमा भुक्तान गर्न तथा कामदारहरुको राहदानी खोसेर मालिकले नराख्न जस्ता माग राख्दै डिजिटल(अंकीय) हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउने उदेस्य रहेकोले जानकारी गराईएको छ ।
a-2
a-3
a-4

Post a Comment

 
Top