- उदाहरणीय सामाजिक सेवा
हातको इसाराले अर्डर लिन्छन्, वेटरहरू। थप नबुझे मेनुमा इसारा गर्छन्। उस्तै परे लेखेर समेत बातचित गर्छन्। तर, उनीहरू बोल्न सक्दैनन्। अर्थात्, उनीहरू आँखाले सुन्छन् र इसाराले बोल्छन्।
यी दृश्य तपाईं जहाँसुकै देख्न पाउनुहुन्न। नाङ्लो ब्रान्डका बेकरी क्याफे र रेस्टुराँका विशेषता नै बनेका छन्, बहिरा वेटरहरू। काठमाडौँलगायत विभिन्न सहरमा यस कम्पनीका १० वटा यस्ता आउटलेट छन्, जहाँ यी विशेष प्रकृतिका कर्मचारीहरू छन्। ५० जना बहिरा कर्मचारीमध्ये सात जना महिला छन्। पाँच जना त सुपरभाइजर पदसम्म पुगेका छन्। सबैभन्दा माथि क्याप्टेन पदमा पुगेकी छिरङि घले मोडलिङ्तिर हाम फालेकी छन्।
यति मात्र होइन, नाङ्लोकै विभिन्न रेस्टुराँमा पाँच जना होचा-पुड्का वेटर स्तरमा काम गररिहेका छन्। खाना खान बच्चासहित जानुभएको छ भने उनीहरूलाई खेलाउने र भुलाउन आउनेछन्, होचा कद भएका ती कर्मचारी। उनीहरू बोल्छन्, खेल्छन्, गीत गाउँछन्, हँसाउँछन्। बालबालिका पनि दंग पर्छन्। नाङ्लोका सञ्चालक श्यामसुन्दर कक्षपति, ६२, भन्छन्, "सुरुमा त समाजले स्वीकार गरििदँदैन कि भन्ने लागेको थियो। तर, समाजले यो अनौठो प्रयोगलाई सहजै स्वीकार गर्यो र मेरो अभियान पनि सफल भयो।"
यो यही समाज हो, जहाँ अपांगता भएका व्यक्तिहरूलाई अझै छिःछिः र दूरदूर गरन्िछ। परविारले बोझका रूपमा लिन्छ। तर, कक्षपतिले सार्वजनिक स्थलमै उनीहरूलाई भेला पारेर सक्रिय जीवनमा सफलतापूर्वक उभ्याइदिएका छन्। "क्षमताविहीन मान्छे कोही हुँदैन," कक्षपति भन्छन्, "एउटा मान्छेले अर्को मान्छेलाई स्वाभिमानपूर्वक बाँच्ने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो। समाजप्रतिको उत्तरदायित्व हो।"
४३ वर्षअघि युवा पुस्तालाई पश्चिमा गीतसंगीत र खाना एकै थलोमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँको मुटुमा अवस्थित रत्नपार्कनजिकै क्याफे डी पार्क सञ्चालन गरी रेस्टुराँ व्यवसायमा प्रवेश गरेका कक्षपतिले आफ्नो जीवनमा थुप्रै यस्ता व्यावसायिक प्रयोग गरेका छन्। कहीँ सफल भएका छन् त कहीँ असफल पनि। तर, आफ्ना हरेक कदममा सामाजिक न्याय र उत्तरदायित्वको पक्षलाई अभिन्न रूपले जोडेका छन्। लामो कपाल र पश्चिमा संगीतका पारखी कक्षपतिको निजी स्वभाव हो, केही न केही नयाँ काम गर्न खोज्नु। अझ आँटेको काम गरेरै छाड्नु। उनको यही स्वभावको उपज हुन्, बहिरा कर्मचारी।
०४७ को वैशाख-जेठतिर काठमाडौँ बहिरा संघमा गएर कम्तीमा नेपाली र अंग्रेजी शब्द लेख्न सक्ने, ८ कक्षा पढेका बहिरा युवकयुवती चाहियो भन्ने विज्ञापन टाँसियो। साथै, इच्छुक उम्मेदवारलाई आफैँले तालिम दिएर जागिर दिने वाचा पनि विज्ञापनमा थियो। सुरुमा धेरैले पत्याएनन्। तालिम पनि दिने, जागिर पनि दिने। त्यसमाथि बहिरा। घरमा निष्त्रिmय जीवन बिताएका र समाजबाट पनि हेपिएर बसेका बहिराहरूले दरखास्त हाल्ने आँट गरेनन्। उनीहरूकै जीवनलाई सहज बनाउन यो प्रयास गरएिको भनेर सम्झाइबुझाइ गरेपछि बल्लतल्ल १५-१६ जनाले दरखास्त हाले। तीमध्ये १० जना छानिए। एउटा मात्र महिला अन्तर्वार्तामा आइन्। उनी एक्लै हुँदा असहज होला भनेर अर्को साथी पनि ल्याउन भनियो।
६ महिने तालिमको पाठ्यक्रम बनाइयो। सुपरभाइजरस्तरकै जागिर दिएर दोभाषे राखियो। म्यानेजर काजीमान तामाङले तालिम दिए। नाङ्लोका मानव स्रोत विभाग प्रमुख त्रिलोचन मिश्र भन्छन्, "प्रशिक्षार्थीहरूले यति चाँडो काम सिके कि ६ महिने कोर्स तीन महिनामै सकियो। बाँकी तीन महिना कार्यक्षेत्रमै अभ्यास गराइयो।" सुकिलो पोसाक, नियमित पौष्टिक आहार, बढ्दो मनोबल र स्वाभिमानका कारण छोटो समयमा उनीहरूको प्रस्तुति बेग्लै भयो। कार्यक्षेत्रमा पनि बहिराले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सकेपछि कक्षपति थप उत्साहित भए। त्यसपछि विस्तार भएका सबैजसो रेस्टुराँमा बहिरा कर्मचारी राखिएको छ।
सुन्न र बोल्न नसक्ने भएपछि परविार र समाजले काम नलाग्ने भनेर उपेक्षा गर्नु सामान्य बनेको छ । सक्षमतापूर्वक काम गर्ने र घरपरविारलाई समेत आर्थिक टेवा दिने भएपछि अहिले उनीहरूप्रतिको दृष्टिकोण नै परविर्तन भएको अनुभव कक्षपतिले गरेका छन्। सबैभन्दा तल्लो तहमा काम गर्नेले मासिक न्यूनतम १५ हजार रुपियाँजति तलबभत्ता पाउँछन्।
आफूजस्तै व्यक्तिहरूले काम गरेको देखेपछि अहिले काम खोज्दै आउने बहिराहरूको संख्या बढेको छ। "उनीहरूलाई निराश बनाएर पठाउनुको सट्टा केही अरू काम गर्न सकिन्छ कि भनेर पनि सोच्दै छौँ," कक्षपति भन्छन्, "बहिरा संघसँग मिलेर तालिम आयोजना गर्ने र अन्य क्षेत्रमा पनि काम खोजिदिने विचार गर्दै छौँ।"
चितवनको कुरनिटारमा रभिरसाइड स्पि्रङ् नामको ५२ कोठे रसिोर्ट छ। त्यहाँ कक्षपतिले अलग प्रयोग गरेका छन्। ०५२ सालमा स्थापित रसिोर्टमा काम गर्ने ८० प्रतिशत कर्मचारी स्थानीय विपन्न वर्गका छन्। रसिोर्ट स्थापना गर्दा जसले ढुंगा, गिटी, बालुवाको काम गरे, तिनैलाई तालिम दिएर स्थायी जागिर दिइएको छ। पढ्नै नजान्ने चेपाङ, प्रजा, मगर, गुरुङ र दलित परविारका महिलासमेत यस रसिोर्टमा काम गर्छन्। "कामप्रतिको लगनशीलता त छँदै छ, उनीहरूको परविारमा समेत धेरै परविर्तन आएको छ," मिश्र भन्छन्, "व्यक्तिगत सरसफाइमा ध्यान दिन्छन्। हरेक परविारका बालबच्चा विद्यालय जान्छन्।" मिश्रकै भनाइमा कतिपय महिला त नियम अनुसार पाइने ५२ दिनको सुत्केरी बिदासमेत मनाउन मान्दैनन्, चाँडै काममा र्फकन रुचाउँछन्। तानेसन, पाल्पास्थित नाङ्लो रेस्टुराँमा पनि स्थानीय मगर समुदायको पिछडिएका परविारबाट छानेर युवालाई काममा लगाइएको छ।
काठमाडौँ उपत्यकाका नाम चलेका निजी विद्यालयमध्ये एक हो, सानेपास्थित शुभतारा स्कुल। तर, यो मात्र यस्तो स्कुल हो, जसले अन्य सामुदायिक स्कुलहरूसँग भगिनी सम्बन्ध कायम गरी निजी स्कुलसरहको गुणस्तर कायम गर्न सहयोग गररिहेको छ। तिनैमध्ये एक हो, ललितपुरको लामाटारस्थित शृंगेरी माध्यमिक विद्यालय। यसका लागि शुभताराबाट प्राप्त नाफा र अभिभावकहरूबाट संकलित रकमबाट भौतिक पूर्वाधार तयार गरएिका छन्।
विज्ञान, गणितजस्ता अप्ठ्यारा विषयका शिक्षकको नियमित तलब बेहोर्ने गरएिको छ। उक्त ग्रामीण सामुदायिक विद्यालयको पढाइ, सञ्चालन विधि र शैक्षिक पात्रो शुभताराको जस्तै बनाइएको छ। सबै कक्षा अंग्रेजी माध्यममा। नर्सरी, एलकेजी, यूकेजीजस्ता पूर्वप्राथमिक कक्षाहरू मन्टेसरी विधिमा पढाउने। कम्प्युटर ल्याब र शिक्षकको व्यवस्था गरएिको छ। बेलाबेलामा शुभताराकै शिक्षक गएर पढाइदिन्छन्। अतिरत्तिm कक्षा लिन्छन्। बेलाबेला शुभताराकी सञ्चालक रानी गुरुङ कक्षपति आफैँ निरीक्षणमा जान्छिन्।
यति मात्र होइन, लामाटारमा एउटा भव्य सामुदायिक भवन निर्माण गरएिको छ। त्यहाँ गृहिणी महिलाहरूलाई सिलाइबुनाइ तालिम गराइन्छ। उनीहरूले सिलाएका झोलाहरू कक्षपति दम्पती आफँै बेचिदिन्छन्। "अहिले यति धेरै अर्डर आएको छ कि भ्याइएकै छैन," सहरमा प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएपछि कागज र कपडाका झोलाको माग बढेको भन्दै रानी प्रशिक्षार्थीलाई निर्देशन दिँदै थिइन्, "अब छिटोछिटो सिलाउन सक्नुपर्छ। आफूले सिलाएको झोलामा नाम पनि लेख्नू।"
त्यही सामुदायिक भवनमा वृद्धवृद्धालाई भजनकीर्तन गर्ने, युवकलाई मोटरसाइकल वर्कसप र अरू प्राविधिक तालिम दिने, गाउँभरकिा विद्यार्थीलाई कम्प्युटर, अंग्रेजी भाषा र गाह्रो विषयका ट्युसन पढाउने, योग सिकाउने तयारी पनि भइरहेको रानीको भनाइ छ। यस गाउँमा स्वास्थ्यचौकी नभएकाले नियमित स्वास्थ्य शिविर सञ्चालन पनि यही भवनमा गरन्िछ। रानी भन्छिन्, "सरकारले गरेन भनेर हामी टायर बाल्न सक्दैनौँ। नेपाल बन्द गर्न पनि सक्दैनौँ। जे सक्छौँ, जे जान्दछौँ, त्यही गर्छौं।" पाल्पा र डोल्पाका विकट स्कुललाई पनि भगिनी सम्बन्धमा बाँध्ने र सकेको सहयोग गर्ने सोच रहेको उनको भनाइ छ। साई बाबाकी भक्त रानी आजको उपभोक्तावादी दुनियाँ दया, माया, करुणाजस्ता मूल्य मान्यताबाट विमुख बन्दै गएकामा चिन्तित छिन्। त्यसैले उनी आध्यात्मिक भावना जगाउने, राष्ट्र र समाजप्रति सकेको योगदान पुर्याउने र भावी पिँढीलाई पनि यस्तै मूल्य मान्यतामा उन्मुख गराउने ध्याउन्नमा छिन्।
राजनीतिक अस्थिरताको कोपभाजनमा परेको कुनै बेलाको चर्चित एलाइट्स को एड नामक विद्यालयको भव्य भौतिक संरचनालाई कसरी सामुदायिक हित, वातावरणीय सन्तुलन र आध्यामिक विकास हुने गरी लगाउन सकिन्छ भनेर कक्षपति घोत्लिरहेका छन्। "नाफा मात्र कमाउने हो भने त प्रशस्तै विकल्प छन्," कक्षपति दम्पती घोत्लिरहेको छ, "तर, प्रकृति, राष्ट्र र समाजको हितलाई ध्यानमा राखेर काम गर्न तत्काल विकल्प सुझिरहेको छैन।"

Post a Comment