0
दशैंका सम्भावित फेसबुक स्टाटसहरूः
१. बडादशैंका हार्दिक मंगलमय शुभकामना....
२. बुवाआमाको हातबाट टिका थापियो, मामा-माइजुको हातबाट टिका थापियो ससुरालीमा रमाइलो भयो
३. धेरै वर्षपछि पिङ खेलियो
४. पुराना साथीहरूसँग भेट भयो, गाउँघर भनेको गाउँघर नै हो 
५. मासु धेर खाइयो, चिल्लो बोसोले पेट ढाडिएको छ
६. दारू धेर खाइयो, ह्याङओभर भइरहेको छ
७. म्यारिजमा मालै नपरेर नराम्रोसँग हारियो नि
८. रातो मासु धेर खाइएछ, युरिक एसिडले सतायो
९. आहा, ३१ नि विदा हुने भएछ, दशैंविदा रमाइलो
१०. यसपाला नि घर जान पाइएन, विरक्त लागिरहेको छ
(साथमा टिका लगाएका, पिङ खेलेका, नयाँ लुगा देखाएका तस्बीरहरू पनि)
• यस पालि त दसैं मनाउन पाइएन, जुठो-सुतक परेकाले टीका लाइएन।
• विदेशमा आफूलाई त टीका लगाइदिने पनि कोही भएन।

Post a Comment

 
Top