गोली लागि घाइते भएका एमाले उम्मेद्वार आलम मृत घोषित
असोज २४ –
नेकपा एमालेका बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार महमुद आलमलाई अस्पतालले मृत घोषित गरेको छ ।
एक हप्ताअघि नचिनेका मान्छेको समूहले गोली प्रहार गर्दा गम्भीर घाइते भएका आलमको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको थियो ।
उहाँलाई विहीबार दिउँसो चिकित्सकले मृत घोषित गरेका नेपाल मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष बाबुजन अलीले जानकारी दिनुभयो । अन्येष्टी गर्ने तयारीबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
चिकित्कसहरुका अनुसार गोली लाग्ने बित्तिकै चिन्ताजनक अवस्थामा पुगेका आलमको शरीरका सबै अंगले काम गर्न छाडिसकेको थियो । उहाँलाई गोली कसले हानेको हो भन्ने अझै खुलेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।
गएको शुक्रबार कार्यकर्ता भेटघाटका क्रममा रहेका आलमलाई बाराको लिपनीमालमा नचिनेका मान्छेको समूहले गोली हानेको थियो । संविधान सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएको भोलिपल्टै आलममाथि गोली प्रहार भएको थियो ।
Post a Comment