आजदेखि मौसम केही सुध्रिने
असोज २९ –
दुई दिनदेखि खराब रहेको मौसममा मंगलबारदेखि केहि सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको उडिसामा आएको फाइलिन नामक आँधीको प्रभावले २ दिनदेखि लगातार पानी परेको छ ।
दशैंको समयमा अबिरल पानी परेपछि टिका थाप्न हिँड्ने र दशैं मनाएर फर्कनेहरु समस्यामा परेका छन् । अझै एक दुई दिन साँझको समयमा पानी पर्न सक्ने संभावना भएपनि दिउँसोको समयमा भने वर्षा हुने संभावना कम रहेको मौसम विभागले जनाएको छ ।
मंगलबार पनि दिउँसो केहि वर्षा भएपनि यस अघि जस्तो लगातार वर्षा नहुने मौसमविद् बरुण पौडेलले बताउनुभयो । विशेष गरी देशका पूर्वी र मध्य भागमा बढी पानी परेको छ भने सुदुरपश्चिममा भने हल्का बदली मात्रै भएको छ ।
Post a Comment