कोरियामा नेपालीले गरे आत्महत्या
आश्विन २९ -
बडादसैं मनाइरहँदा दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । ख्यङगीदो सुवनस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत डोटीका २४ बर्षीय मोहन बिष्टले झुण्डिएर आत्महत्या गरेका हुन् ।
पाँच महिनाअघि ईपीएस मार्फत रोजगारी गर्न कोरिया आएका बिष्टले शनिबार बेलुका करिब ५:३० बजे कम्पनि पछाडि पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यहाँ कार्यरत अरु दुई नेपालीले राति ११ :३० बजे मात्र थाहा पाएका थिए । घटनाको विस्तृत विवरण मंगलबार आउने जनाइएको छ ।
पत्रकार निर्मल थपलियाका अनुसार उनी विगत केही समय यता न्यून तलब र साहुनीको खराब ब्यवहारको कारण कम्पनी परिवर्तन गर्ने र दसैं अगाडि काम छाडेर नेपाल फर्कने प्रयासमा भए पनि साथीहरुको सल्लाह अनुसार त्यहाँ रहेका थिए ।
विष्टको शव सुवनस्थित शवगृहमा राखिएको छ । घटनाको जानकारी पाएपछि सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनिलकुमार गुरुङ आइतबार घटनास्थलमा पुगेका थिए ।
Post a Comment