काठमाण्डौ सरकारले कतारको कार्यबाहक राजदुतमा गणेश ढकाललाई जिम्मेवारी दिएको छ । ढकालले कार्यबाहक राजदुतको हैसियतमा कतारको परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरी आफ्नो जिम्मेवारी शुरु गरेका छन् । सर्वोच्च अदालतबाट तत्कालको लागि थमौती पाएकी कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मा सोमबार स्वदेश फर्केपछि ढकालले सो जिम्मेवारी पाएकि हुन । सर्वोच्चबाट थमौती पाएलगत्तै दुताबासमा हाजिर गर्न गएकी राजदुतलाई काठमाडौंबाट पत्र नआएको जानकारी दुताबासले दिएपछि उनी निवास फर्केकी थिइन् । उनी नर्फकने अडानमा बसेपनि सरकारले १५ दिन भित्र र्फकन दिएको म्याद सकेपछि उनीले काम गर्न पाउने नदेखेपछि स्वदेश फिरेकी हुन् । गैर कुटनीतिक क्रियाकलाप गरेको भन्दै असोज १० मा बसेको मन्त्रीपरिषदको बैठकले राजदुत शर्मालाई बर्खस्त गरेको थियो ।
Post a Comment