
- -संविधान सभा सदस्य निर्वाचनको मुखैमा सुरक्षा निकायका प्रमुखहरु विदेश भ्रमणमा जाने भएका छन । नेपाल प्रहरीका महानिरीक्षक कुबेरसिंह राना र सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त ८ दिनका लागि दक्षिण अमेरिकी मुलुक कोलम्बिया जान लागेका हुन् । त्यहाँ अक्टोबर २२ देखी २४ सम्म इन्टरपोलको ८२ औं महासभा हुदैछ । ुदेश यस्तो संवेदनशिल अवस्थामा भएका बेला सुरक्षाको जिम्मेवारी पाएका अधिकारीहरु विदेश भ्रमणमा जानु राम्रो होइनु एक सुरक्षा अधिकारीले भने ुसुरक्षा संवेदनशिलता बढिरहेका बेलामा उनीहरु नैतिकताका आधारमा समेत जान नहुने हो ।ु
प्रहरी प्रमुखहरुको बिदेश भ्रमण गृहमन्त्रालयको सिफारिसमा मन्त्री परिषद बैठकले निर्णय गर्ने गरेको छ । देशभर चुनाबी माहोलसंगै सुरक्षा संवेदनशिलता भएका बेला मन्त्री परिषद्ले गलत निर्णय गरेको गृहका एक अधिकारीले बताए । कुनै अप्रिय घटना भए लिनुपर्ने निर्णय, चुनाबी खटन, बजेट ब्यवस्थापन, जनशक्ति परिचालन, लगायतका काममा महानिरीक्षकको उपस्थिती आवश्थक रहने अधिकरीहरुको भनाई छ ।
Post a Comment