0
शिशुले आमालाई बलात्कार गर्ने पक्राउ गराएशिशुले आमालाई बलात्कार गर्ने पक्राउ गराए
 

असोज, ३०
एक बर्ष पहिले एक बालिकामाथी बलात्कार भएको थियो । त्यसपछि उनी गर्भवती भईन र परिवारको सहमतिमा उनले बच्चालाई जन्माईन । 
 
तर पुुलिसले बलात्कारीहरुलाई पक्राउ गर्न सकिरहेको थिएन् । जब बच्चाको जन्म भयो तब पुलिसले आरोपीहरु पक्राउ पर्नेमा ढुक्का भयो । बच्चाको डिएनए परिक्षणपछि प्रहरीले छ जना आरोपीहरुलाई पक्राउ गर्न सफल भएको थियो । घटना मुम्बईको मालवानी थाना क्षेत्रको हो । 
 
राजस्वलामा समस्या देखिएपछि.........
 
भारतीयसंचार माध्यामहरुका अनुसार पिडित केटी मानसिक भन्दा पनि पोलियोबाट ग्रस्त थियो । केटीको मासिक धर्म अर्थात महिनावरीमा समस्या देखिएपछि २४ सेप्टेम्बर २०१२ मा उनलाई परिवारले अस्पतालसम्म पु¥याएको थियो । 
 
स्वास्थ्य परिक्षणपछि मात्रै उनको पेटमा पाँच महिनाको बच्चा रहेको थाहा पाएको थियो । परिवारले तत्काल बलात्कारीहरु विरुद्ध मुद्धा दर्ता गराए र बच्चाको जन्म गराउने निर्णय गरे । बच्चा जन्मिएपछि दुई महिनामा नै मृत्यु भयो । 
 
बच्चाको डिएनए परिक्षणपछि छ जना आरोपीहरु पक्राउ परेका थिए । उनीहरुलाई कानुनी कार्बाहीको लागि प्रक्रिया अघि बढाएको छ । 

Post a Comment

 
Top