0

वैद्य माओवादीबाट होइन, प्रचण्डकै पार्टीबाट यो लुट

 असोज, ३०-
 एकीकृत माओवादी चुनावमा फेरि गुण्डागर्दीकै शैलीमा प्रस्तुत हुन थालेको छ । चुनाव वहिष्कारको पक्षमा उभिएको वैद्य नेतृत्वको नेकपा माओवादीले होइन, प्रचण्डले नेतृत्व गरेकै एकीकृत माओवादीले निर्वाचन सामग्री लुटेर चुनावी वातावरण खलबल्याउन खोजेको छ ।
रुकुम जिल्लाको छिवाङ गाविसको साधनचौरबाट गरायला लान लागिएको नेपाली कांग्रेसको चुनावी प्रचार सामग्री एकीकृत माओवादी कार्यकर्ताले लुटेका छन् ।
कांगै्सका जिल्ला सदस्य गोरख चन्दका अनुसार, निर्वाचन प्रचारका लागि तयार पारिएका २ सय थान टिसर्ट, ११ थान हाते माइक, १ सय थान अपिल लुटिएको छ ।
इलाका नं९ ९ अन्तर्गतका गाविस गरायला, सिम्ली, पूतिर्मकाँडा र घेत्मा गाविसका लागि प्रचार समग्री तयार पारिएको थियो ।
आफूहरु प्रचार सामग्रीहरु बोकेर गरायला जाँदै गर्दा बाटोमा बसेका एमाओवादी राज्य समिति सदस्यहरु धनवीर ओली, गणेश चिन्तन, डम्वर विष्टलगायतका नेता कार्यकर्ताले चेक गर्नुपर्छ भन्दै लुटेको भन्दै लुटेको चन्दले बताए ।
उनीहरुले निर्वाचन प्रचार नगर्न कांग्रेस कार्यकर्तालाई धम्की दिएको बताइएको छ ।
प्रचार सामग्री लुटलाई एकीकृत माओवादीले कब्जाको रुपमा स्वीकार गरेको छ ।

Post a Comment

 
Top