0

प्रचण्ड जाने ठाउँमा बम भेटियो

 कातिक ८ –

 सिरहामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने तय भएको ठाउँमा बम भेटिएको छ ।

प्रचण्ड जाने तय भएको जमदह र मुक्सारमा बम भेटिएको हो । बम कसले राखेको भन्ने अहिलेसम्म खुलेको छैन । आफ्नो निर्वाचन क्षेत्र सिरहाको क्षेत्र नं ५  जाँदै गरेका प्रचण्ड १ बजे सदरमुकाम लाहान पुग्ने कार्यक्रम छ ।
त्यसपछि उहाँ ग्रामीण क्षेत्र जमदह र मुक्सार जाने कार्यक्रम तय भएको एकीकृत माओवादीले जनाएको छ । प्लाष्टिकको झोलामा बम राखिएको र अहिले डिस्पोजल टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
यसअघि विहीबार प्रचण्ड तेह्रथुम जाने भनेपछि नेकपा–माओवादीले जिल्ला बन्द गर्नुका साथै रुख ढालेर बाटो अवरुद्ध गरेको थियो ।

Post a Comment

 
Top