तीन दलको चुनावी भिडन्त कसरी हुँदैछ ?
असोज १७ –
मुख्य तीन दलले यसअघि सार्वजनिक गरेको उम्मेद्वारको सूचीमा केही फेरबदल भएको छ ।
विहीबार उम्मेद्वारी दर्ता गर्ने बेलासम्ममा केही नाममा परिवर्तन गरिएको दलका नेताहरुले बताएका छन् । एकीकृत नेकपा माओवादीले काठमाडौंका केही क्षेत्रमा यसअघिको नामावली परिवर्तन गरेको छ । एमाले सचिव विष्णु पौडेलले नवलपरासी छाडेर रुपन्देहीबाट मात्र उम्मेद्वारी दिनुभएको छ ।
एकीकृत नेकपा माओवादीले झापा ७ मा गोपाल किराँतीलाई टिकट दिएको छ । यसअघि अर्का नेता वर्षमान पुन अनन्त उठ्ने चर्चा भएपनि पार्टीले उहाँलाई मोरङ्ग ९ बाट उम्मेद्वार बनाएको छ ।
यस्तै एकीकृत नेकपा माओवादीले काठमाडौं क्षेत्र नम्बर ९ मा देवेन्द्र पौडेललाई उठाएको छ । यसअघि एकीकृत माओवादीले त्यहाँ रुपा महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
मुख्य दलका केही नेताहरुले दुइ/दुई स्थानबाट उम्मेद्वारी दिएका छन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले दुई/दुई ठाउँबाट उम्मेद्वारी दिएका छन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नंबर १ बाट भने नारायण सिग्देल उमेद्वार हुनुभएको छ ।
Post a Comment