थप्पड हान्ने पदम कुँवर प्रचण्डसँगै उमेद्वार
असोज १७ –
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने बागलुङका पदम कुँवरले प्रचण्डकै निर्वाचन क्षेत्राट उमेद्वारी दिएका छन् ।
बिहीबार उनले प्रचण्ड उठेकै निर्वाचन क्षेत्र काठमाडौं १० बाट स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका हुन् ।
उनले गएको वर्ष एकीकृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई थप्पड हानेका थिए । उनी एकीकृत माओवादीका पूर्व कार्यकर्ता समेत हुन् ।
काठमाडौं १० बाट रेस्लर भरतबहादुर बिसुराल अर्थात हिमालय टाइगरको पनि उम्मेद्वारी परेको छ ।
Post a Comment