दारेचोक दुर्घटनामा वेपत्ता मध्ये एक जनाको शव भेटियो
– चितवनको दारेचोकमा दशैंको टीकाको दिन भएको माइक्रो बस दुर्घटनामा बेपत्ता भएका १३ जना मध्ये एक महिलाको शव भेटिएको छ ।
चितवनको मंगलपुर ५ मा नारायणी नदी किनारामा महिलाको शव भेटिएको हो ।
यो शव मंगलपुर ४ की ३२ वर्षीया सविना पौडेलको भएको प्रहरीले जनाएको छ । सविनाका श्रीमान भुपेन्द्र भने घाइते हुनुहुन्छ । उहाँको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । अरु १२ जना अझै वेपत्ता छन् ।
Post a Comment