विश्वमा अझै ३ करोड दास–दासी
विश्वमा अझैपनि ३ करोड मानिसहरु दास दासीको रुपमा काम गरिरहेको एक तथ्याङ्कले देखाएको छ । दासस्व सम्बन्धी विश्वव्यापी अध्ययन २०१३ अनुसार भारतमा सबैभन्दा धेरै १ करोड ४० लाख दास दासी रहेका छन् । यो अध्ययन विश्वका १ सय ६२ राष्ट्रको विकास सुचकांकलाई आधार मानेर गरिएको अनुसन्धानकर्मीहरुले जनाएका छन् । अध्ययनले हैटि, चिन पाकिस्तान तथा नाइजेरियामा पनि दासको रुपमा काम गर्नेको संख्या बढि रहेको तथ्याङ्कले देखाएको छ । तर माउसटेनिया नामक देशभको संसदमा ४ प्रतिशत दासहरुले प्रतिनिधित्व गरेको तथ्याकंले जनाएको छ । जसबाट सो देशमा व्याप्त दासप्रथा घटाउन सहयोग पुग्ने अनुसन्धानकर्मीहरुले आशा गरेका छन् ।
Post a Comment