0

सुदूरपश्चिम बाहेक देशभर वर्षा, भोलि पनि झरी पर्ने

 २७ असोज ।
 बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण नेपालमा आज बिहानैदेखि अप्रत्यासितरुपमा वर्षा भएको छ । आँधीको प्रभाव भोलि अझ बढ्ने भएकाले सुदूरपश्चिम बाहेक देशभर बढी वर्षा हुने र मङ्गलबारदेखि क्रमिक सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका सुदूरपश्चिम बाहेक देशभर वर्षा भएको छ । पूर्वी भेगमा कालो बादलसहित बढी वर्षा भएपनि मध्य र पश्चिम भेगमा हल्का बादलका साथ वर्षा भइरहेको छ ।
आज मध्याह्नसम्म देशका पूर्वी र मध्यपश्चिम भेगमा मात्र वर्षा भएपनि अपराह्नदेखि मध्यपश्चिम भेगमा पनि वर्षा सुरु भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
समुद्री आँधीको प्रभाव आज साँझसम्म सुदूरपश्चिम भेगमा नपरेको, तर अन्य भेगमा वर्षा भइरहेको र यो क्रम मङ्गलबारसम्म जारी रहने उहाँले बताउनुभयो ।
अर्का मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ आँधीबेहरी भारतको तटीय राज्य आन्ध्र प्रदेशहुँदै नेपालमा प्रवेश गरेको हो । उहाँले भोलि आजको भन्दा बढी वर्षा हुने र मङ्गलबार दिउँसोबाट मौसममा सुधार आउने बताउनुभयो ।
महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५ देखि १६ र अधिकतम तापक्रम २०.१ डिग्री सेल्सियस रहेको छ ।
- See more at: http://www.hamrakura.com/127817.html#sthash.KsFlBSmL.dpuf

Post a Comment

 
Top