0

विदेशमा यस्तो छ दशैं

असोज २७ – 

रोजगारीको लागि घरगाउँ र देशबाटै टाढा रहेका सबैले दशैंमा छुट्टि पाउँदैनन् । कतिपय दशैं मान्न नेपाल आएका छन् ।

कतिपय चाहिँ विदेशमै घरगाउँ सम्झिएर बसेका छन् । घरगाउँमा पुगेजस्तो रमाइलो नभएपनि साथीभाइसँग जमघट, खानपिन र भलाकुसारीले विदेशमा बस्नेहरुले पनि दशैं मनाएका छन् ।
विदेशमा कस्तो छ त दशैं ? हामीले तपाईंकै अनुभव र टिप्पणी यहाँ प्रस्तुत गर्दैछौं :
सुमन बस्नेत, मलेसिया–म चाहीं अहिले मलेशिया मा छू । कम्पनी ले चार दिनको छुट्टी दिएको छ ।
त्यसैले साथिहरु मिलेर दशैंको उपलक्ष्यमा यहाको रमाइलो मनिएको ग्यानटिङ हाइल्याण्ड घुम्न जाने योजना छ ।
राज अधिकारी, कतार–  के को दशैं लाग्नु र हामी प्रदेसीलाई चाडपर्ब आउद झन गोदी गोदी काम मा लखेत्छन जे जसो भय पनी आफ्नो चाडपर्ब हुन मान्न नापयेपनी दुखेसो बहकाउने अनी मन अताउने येसरी नै मनाई दै छ कतारमा ।
लाक्पा गेली शेर्पा–  म कुवेत बाट । ।के हुनु सरकार १ उहि त हो डिउटी गर्ने अनि कोठा मा आएर सुत्ने । छुट्टी पाउँदैन , यसो सम्झना गर्दै बस्यो ।
माधव घिमिरे– हाम्रो त दशैको दिन डिउटी छ दशैको अंगिल्लो दिन कोरिया को इल्सान छाङ्हादोङ मा भयेका करिव ५० जना नेपालि साथिहरू सबै एकै ठाउँमा जम्मा भै नेपालि परिकारको साथमा टिका सगाउने तयारि छ रामाइलै हुन्छ होला ।
कुलबहादुर– हाम्रो दशै सँगै मुस्लिम पर्व पनि परेको हुदाँ बल्ल ३ बर्ष पछि आफ्नो महान चाड बडादशैं मनाउने मौका मिलेको छ खुब रमाइलोसँग मनाउने योजना बनाएका छौं। अनि टिका लगाउने पनि योजना छ ।
महेन्द्र घिमिरे– परदेश मा त कसरी दशै मनाउने उही त हो १० घन्टा डिउटी गरेर हामी परदेशी को लागी त दशै भन्दा त सपना जस्तै लाग्छ । क्या रमाईलो भाको होला नेपाल मा त । आफुलाइ त के को दशै के को तिहार ।
मोती कार्की–  खास गरि बिदेस मुस्लिम देसको पनि चाड हाम्रो चादमा जुदेकोले गर्दा ३ दिन सम्म छुत्ती को अबसर पाएको छ । रमाइलो गरौ ।
प्रदिप अर्याल–भित्तामा किहिनो ठोकिए जस्तो भएको छ टाऊकोमा गाउको रमझम घुमेको छ, के गरि मनाउनु खै,निन्याउरो मुख लगाएर ।
हेमबहादुर गुरुङ कतार –कुनैपनि बिदेशी कामदारहरुलाई बिदेशमा चाड पर्बको बिदा दिँदैन । त्यसैले प्रयमित्रहरुले दसैकोको नाममा बेलुकी डिउटी सकेरा आएपछि मासु पकाएर रक्सी खाने, अनि एकछिनपछि होहाल्ला गर्ने गीत गाउने, नाच्ने, कोहि रक्सी अलि धेरै भएपछि रुने कराउँने कोहि धेरै हाँस्ने, त कोहि २ लडाई झगडा गर्ने प्रयमित्रहरुको दसैको खबर यस्त यस्तै हुने गर्छ । तर म जस्तो रक्सी नखानेलाई त बिदेशमा यस्तो दसै नाआएको भए रक्सी खाने मित्रहरुको पनि केहि खर्चा कम हुंथ्यो र म पनि कोठमा अनंदाले सुत्न पाइण्थ्यो होल जस्तो लाग्छ ।
गोपाल भण्डारी, गुल्मेली हाल यूएई– बिदेशमा खासै दशै मनादैन केवल शुभकामना साटा साट मात्र हुन्छ।हामिहरुकोत छुटि पनि मिल्दैन।केवल गाँउघर परिवार सम्झी दुस्खी हुने यसरिनै बस्नु बाहेक अरु कुनै योजना छैन मेरो त ।

Post a Comment

 
Top