काठमाडौंमा आनाको ९५० रुपैयाँमै जग्गा !
असोज २२ –
काठमाडौंमा ९५० रुपैयाँ प्रति आनामा जग्गा पाइएला ? गाउँठाउँमा त पाईंदैन, राजधानीको कुरा !
घरजग्गाको भाउमा सुधार नआएपनि यति थोरै भाउमा जग्गा पाइन्छ भनेर कसैले कल्पना सम्म गर्न सक्दैन । तर मंगलरबारको एक दैनिक पत्रिकामा छापिएको विज्ञापनमा चाहिँ यस्तै लेखिएको छ ।
लपु टिकाथली ३ गाविस नपुग्दै चोकमा दक्षिणमोहोडा घडेरी ०–४–२–० प्रतिआना ९५० । यसैगरी गुर्जुधारामा प्रतिआना ११५० र शोखेलमा प्रतिरोपनी १८५० मा जग्गा पाइने उल्लेख छ । यी तीनवटै ठाउँमा सम्पर्क गर्ने नम्बर चाहिँ एउटै छ ।
फोनवालाको नाम हो, सूर्य श्रेष्ठ । यति थोरैमा साँच्चैमा जग्गा पाइन्छ त भन्ने जिज्ञासामा श्रेष्ठले भन्नुभयो, ‘त्यो त छोटकरीमा लेखेको । ९ लाख ५० हजार, ११ लाख ५० हजार र १८ लाख ५० हजार ।’ यसरी छोटकरीमा लेख्न मिल्छ त भन्ने जिज्ञासामा उहाँले थप्नुभयो ‘यस्तो चलन बसिसकेको रहेछ, त्यही भएर मैले पनि गरेको ।’
तर फोन गरेर भाउ थाहा भएपछि धेरैले आफूलाई गाली गरेको पनि उहाँले सुनाउनुभयो । विज्ञापनको यो तरिकाले उहाँलाई सम्पर्क गर्ने त बढे, तर जग्गै किन्ने आँट चाहिँ कसैले गरेका छैनन् ।
रकमलाई यसरी लेख्ने चलन नभएपनि विज्ञापनमार्फत ग्राहकलाई आकर्षण गर्ने यो प्रवृत्तिलाई के भन्ने ?
Post a Comment