अघिल्लो संविधानसभा निर्वाचनमा आलम बारा ४ मा तमलोपामा जितेन्द्र प्रसाद सोनारसँग एमालेका तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोनारको ९ हजार ६ सय २४ मत आएको थियो भने आलमले ८ हजार ४ सय ५३ मत ल्याउनुभएको थियो । बारा ४ मा कांग्रेसका फरमुल्लाह मन्सुर चौथो स्थानमा हुनुहुन्थ्यो भने एमाले चौथो स्थानमा थियो । तमलोपा फुटेको अवस्थामा यसपालिको चुनावमा एमालेबाट आलमले बारा ४ मा टिकट पाएर विहीबारमात्रै उमेद्वारी दर्ता गर्नुभएको छ । तर, उम्मेद्वारीको विषयलाई लिएर जिल्ला पार्टीमा एमालेको अर्को समूह आलमसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । -
Subscribe to:
Post Comments (Atom)
Post a Comment