0

प्रचण्डकी बुहारीविरुद्ध बागी उमेद्वारी

  – कञ्चनपुर क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगरका विरुद्ध बागी उम्मेदवारी परेको छ ।

बाजागाजा सहित एकीकृत नेकपा माओवादीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवारले मनोनय दर्ता गरे लगत्तै प्रत्यक्षमा नाम सिफारिस नभएका गगन सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले पार्टीले फिल्डमा खटिएर पार्टीका लागि काम गर्ने कार्यकर्ताहरुको मर्म र भावना नबुझेरै उम्मेद्वार छनोट गरेको प्रति असन्तुष्टी जनाएको बताउनुभयो ।
उम्मेदवारी दर्ता पछि पत्रकारसंगको कुराकानीमा उहाँले आफुलाई निर्वाचन क्षेत्र नम्बर १ का सबै पार्टी कार्यकर्ताले समर्थन गरेर उम्मेदवारी दिन लगाएको बताउनुभयो । विना मगरका विरुद्ध उम्मेद्वारी दर्ता गराएका गगन सिंह एकीकृत नेकपा माओवादी थारुवान राज्य समितिका कार्यालय सदस्य हुनुहुन्छ ।
गएको वर्ष माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशले विना मगरसँग बिवाह गर्नुभएको थियो । तर प्रकाशले भने विवाह अस्वीकर गर्दै आउनुभएको छ ।

Post a Comment

 
Top