यस्तो छ एमाओवादी नेताहरुको ‘प्रोफाइल’
संविधानसभाको दोस्रो निर्वाचनलाई लक्षित गदै जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट हत्या गरिएका पत्रकार कृष्णसेन इच्छुकको नामबाट माओवादीले समाचार सेवा शुरु गरेको हो । समाचार सेवाले बिहानी, मध्यान्ह र रात्रीकालीन सेवा गरी ३ पटक निशुल्क उपलब्ध गराउने जनाइएको छ ।
पहिलो बुलेटिनको रुपमा आज एमाओवादीका शीर्ष नेताहरुको प्रोफाइल सार्वजनिक गरिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीको ‘प्रोफाइल’ सार्वजनिक गरिएको हो ।

प्रोफाइल
नयाँ नेपालका जननेता अध्यक्ष प्रचण्ड
नेपालको सबैभन्दा ठूलो राजनीतिक दल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) नेपाल र नेपाली जनताका लागि मात्र होइन विश्वभरका मेहनतकस मानिसहरुका लागि धेरै चर्चित र लोकप्रिय हुनुहुन्छ । नेपाली जनयुद्ध र जनआन्दोलनको कुशलतापूर्वक नेतृत्व गर्दै नेपाललाई संघीय गणतान्त्रिक मुलुकमा रुपान्तरित गर्न क्रान्ति नायकको भूमिका खेल्नुभएका अध्यक्ष प्रचण्ड आगामी मंसिर ४ को संविधानसभा निर्वाचनमा काठमाडौंको १० र सिरहा ५ नम्वरवाट उम्मेदवार बन्नुभएको छ । नेपाल र नेपाली जनताको पूर्ण मुक्ति र स्वतन्त्रता आन्दोलनको सफल कमाण्डरकारुपमा अनवरत लागिरहनु भएका प्रचण्डले ४७ वर्ष कम्युनिष्ट आन्दोलनमा राजनीतिक जिवन विताउनु भएको छ । २५ वर्ष त उहाँले संघर्षपूर्ण भूमिगत जीवन बिताउनु भएको छ । यसबीचमा उहाँले नेपालमा सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी जनगणतन्त्रात्मक राज्यसत्ता स्थापना गर्ने उद्देश्यले २०५२ साल फागुन १ गतेदेखि दश वर्षसम्म सञ्चालन भएको महान् जनयुद्धको कुशलतापूर्वक नेतृत्व गर्नुभयो । जनयुद्ध जारी रहेकै वेला अध्यक्ष प्रचण्डले ०६२ सालमा पार्टीको केन्द्रीय समिति वैठकमार्फत् संसदवादी दलहरुलाई समेत सहमतिमा ल्याई तत्काल जनआन्दोलन सुरु गर्ने र अन्तरिम सरकार, अन्तरिम संविधान, संविधानसभा, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षताका एजेण्डा कार्यान्वयन गर्ने कार्यनीति अघि सार्नु भयो । माओवादीको सोही कार्यनीति बमोजिम २०६२–६३ को जनआन्दोलन सफल भएपछि अध्यक्ष प्रचण्डले खुला राजनीतिमार्फत् शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन खासगरी सेना समायोजन प्रक्रियाको टुंगो लगाउन निर्णायक भुमिका नै निर्वाह गर्नुभयो । गत ०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ गरी २ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रचण्ड नौ महिनासम्म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभएको थियो ।
नेपालमा शान्ति प्रक्रियामार्फत् चुनावमा आएर देशकै सबैभन्दा ठूलो दल बनेको घटनालाई प्रचण्डले विश्वमै विरलै देख्न र सुन्न पाइने घटनाकारुपमा चित्रण गर्दै भन्नुहुन्छ– ‘शान्तिप्रक्रियामा आएर चुनावपछि सबैभन्दा ठूलो पार्टी बन्नु र सरकारमा पुग्नु विश्वमा विरलै देख्न पाइने घटना हो । नेतृत्व तहबाटै हेर्ने हो भने यो सामान्य होइन भन्ने लाग्छ । २०–२१ वर्षमा विश्वका अन्य कम्युनिष्ट भनिएका पार्टी कहाँ छन् ? हामी कहाँ छौं ? यति छोटो समयमा एउटै पार्टी, एउटै नेतृत्वबाट नेपालमा यति ठुल्ठूला परिवर्तन हुनु सामान्य कुरा होइन ।’
२०११ साल मंसिर २६ गते मध्य नेपालमा पर्ने कास्की जिल्लाको ढिकुरपोखरी गाउँमा बुवा मुक्तिनाथ दाहाल र आमा भवानी दाहालको कोखवाट जन्मनुभएका प्रचण्ड (पुष्पकमल दाहाल) ले कृषि तथा पशु विज्ञानमा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । कमरेड प्रचण्डको बाल्यकालको नाम छविलाल दाहाल हो । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएकै कारण आर्थिक दृष्टिले उहाँको जीवन उतारचढावपूर्ण रह्यो, जसले अन्ततः विद्यालय जीवनदेखि नै उहाँलाई नेपालको राजनीतिमा डो¥यायो । प्रचण्ड त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘पहाडमा खान नपुगेर तराई (चितवन) झरियो । यो पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पुरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता हुनुहुँदोरहेछ । उहाँले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिनुभयो । उहाँले नै रुपलाल विश्वकर्मासँग चिनजान गराइदिनु भएको हो ।’
विभाजित कम्युनिस्ट पार्टीका विभिन्न घटक गठन भएका बेला कमरेड प्रचण्डले २०२८ सालमा पुष्पलाल (नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव) समूहबाट आफ्नो संगठित राजनीतिक जीवन सुरुआत गर्नुभयो । चौथो महाधिवेशनपछि उहाँको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो । २०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लाग्नुभयो । उहाँको विश्लेषणमा ‘लामाको चुनावप्रतिको मोहका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेरा विरुद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रुपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो ।’
२०४३ सालमा नेकपा (मशाल)का तत्कालिन महामन्त्री मोहन वैद्य (किरण) ले पार्टीलाई सही नेतृत्व दिन नसकेको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टी भएपछि किरण स्वयंले प्रचण्डलाई नेतृत्वको प्रस्ताव राख्नुभयो, जुन सर्वसम्मतले पारित भयो । त्यसपछि प्रचण्ड २०४७ सालसम्म नेकपा (मशाल) का महामन्त्री, ०४७ सालपछि मशाल, चौम, सर्वहारा श्रमिक संगठन, मसाल, जनमुखीसहित विभिन्न पार्टीहरुबीच एकता भएपछि ०४८ को एकता महाधिवेशनवाट नेकपा (एकता केन्द्र) का महामन्त्री चुनिनुभयो । तपाईं पार्टीको नेतृत्वमा आएपछि के कस्ता उपलब्धी भए त भन्ने प्रश्नमा प्रचण्ड भन्नुहुन्छ– ‘०४३ पछि पार्टीमा म महामन्त्री बन्नेबित्तिकै पार्टीमा असाध्यै धेरै परिवर्तन भए । संगठन विस्तार र संघर्षको तयारीमा लागियो । ०४६ को आन्दोलनले देशको राजनीतिमा ठूलै तरंग पैदा भएको थियो । यसबीच, पार्टी एकता गर्ने भनेर एकताकेन्द्र बनाउनेतिर लागियो । करिब एक डेढ वर्षपछि एकताकेन्द्र बन्यो । म नेतृत्वमा हुँदाहुँदै एकताकेन्द्रलाई फुटाइयो । त्यहाँ एउटा प्रवृत्ति थियो, त्योसँग जुध्यौं । अन्त्यमा त्यो प्रवृत्ति पराजित भयो, एकताकेन्द्रलाई माओवादी बनायौं । म आफैं नेतृत्वमा थिएँ । माओवादी जनयुद्धमा प्रवेश ग¥यो । जनयुद्धपछि नेपालमा कस्ता–कस्ता परिवर्तन भए ? त्यो संसारलाई थाहा छ । जनयुद्धताका पार्टीमा विचारका संघर्ष र अन्तरसंघर्ष भए । नेपालको जनयुद्ध अहिलेको समकालीन विश्वमा अत्यन्तै मौलिकखालको थियो । हामी एकता, संघर्ष र रुपान्तरण हुँदै पार्टीलाई नयाँ ठाउमा पु¥यायौ ।’
एकता महाधिवेशनवाट पारित कार्यदिशा कार्यान्वयनका लागि प्रचण्डले जनयुद्धमा जाने तयारी गरेपछि यसमा असहमति राख्दै नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु अलग हुनुभयो भने बहुमत पक्षले पार्टीको नाम माओवादी राख्यो र प्रचण्डकै नेतृत्वमा ०५२ फागुन १ देखि जनयुद्धको सुरुआत गरियो । २०५७ सालमा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिको मौलिक मोडेलसहितको दस्तावेज पेश गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको फ्यूजनसहित विश्वका अन्य देशमा भन्दा फरक तरिकाले नेपाली क्रान्ति सफल पार्ने नयाँ मोडेलसहितको कार्यदिशा र सो कार्यदिशालाई सहयोगी पु¥याउने पार्टी कार्यनीतिका रुपमा अन्तरिम सरकार, संविधानसभा र गणतन्त्रको एजेण्डा अघि सार्दै पुरानो राज्यसत्तासँग वार्ताको प्रस्तावसमेत अघि सारियो । पार्टीको नयाँ विचारको विकासका आधारमा मार्गनिर्देशक सिद्धान्तकारुपमा माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथलाई अंगिकार गरियो । सो सम्मेलनवाट प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनुका साथै नेतृत्व केन्द्रीकरणको निर्णय गरियो । प्रचण्ड ०५७ सालदेखि २०६५ सालसम्म नेकपा (माओवादी) का अध्यक्ष र एकता केन्द्र मसालसहितका विभिन्न पार्टीसँग एकता भएपछि हालसम्म एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहँदै आउनु भएको छ । गत वर्ष हेटौडामा सम्पन्न पार्टीको एकताको सातौ राष्ट्रिय महाधिवेशनवाट पनि उहाँ सर्वसम्मत्ले अध्यक्ष चयन हुनुभयो । यसरी उहाँ विगत २६ वर्षदेखि अविछिन्नरुपमा नेपालको क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रमुख नेतृत्व हुनुहुन्छ । नेपालका सबै क्रान्तिकारी कम्युनिष्टहरुको एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानकोसमेत नेतृत्व गरिरहनुभएका अध्यक्ष प्रचण्ड नेपालका कम्युनिष्ट मात्र नभई विश्वभरकै क्रान्तिकारीहरुका लागि आशा र भरोशाका केन्द्र हुनुहुन्छ ।
कम्युनिष्ट पार्टीभित्र अझ खासगरी एकीकृत माओवादीभित्र देखा पर्ने अवसरवाद र अन्य खराव प्रवृत्ति हटाउन अध्यक्ष प्रचण्ड सधै सक्रिय भएर लाग्दै आउनु भएको छ । पार्टीभित्र देखापर्ने खराव प्रवृत्तिहरुका सन्दर्भमा अध्यक्ष प्रचण्ड भन्नुहुन्छ– ‘सुरु–सुरुमा कम्युनिस्ट बन्दा पार्टीमा सबै राम्रा मात्रै छन् जस्तो लाग्थ्यो । तर, पार्टीमा काम गर्दै जाँदा थाहा पाइयो– त्यहाँभित्र पनि भयंकर अवसरवादी, फटाहा र सबै प्रवृत्ति हुँदारहेछन् । त्यहाँ पनि भीषण संघर्र्ष हुँदोरहेछ । कहिलेकाहीं त बुजुर्वामा हुनेभन्दा पनि रद्धिखालको संघर्ष कम्युनिस्ट पार्टीभित्र हुँदोरहेछ । यो पनि वर्गसंघर्ष र विचार संघर्षभित्र पर्दोरहेछ । यसरी हेर्दा कम्युनिस्ट आन्दोलनको मुख्य समस्या अवसरवाद हो । यसका विभिन्न रुप छन् । बुर्जुवा प्रतिक्रियावादीसँग समन्वय गर्न चाहने, उनीहरुसँग तालमेल गरेर मात्र राम्रो हुन्छ भन्ठान्ने प्रवृत्ति नै वास्तवमा नेपाली क्रान्तिको मुख्य समस्या हो । मजदुर, किसान, परिवर्तन र क्रान्तिलाई राम्रोे नठान्ने र यिनीहरुले केही बुझेका छैनन् र बुझ्दैनन् भन्ठान्ने प्रवृत्ति क्रान्तिका मुख्य समस्या हुन् । निम्न पुँजीवादी चिन्तन प्रवृत्ति भनेकै यही हो ।’
अध्यक्ष प्रचण्ड विचारमा दृढ र व्यवहारमा लचक हुनुहुन्छ । उहाँ कार्यनीतिक सवाललाई कार्यान्वयन गर्ने सन्दर्भमा जसरी लचकताका साथ सबैको विश्वास जित्दै, सबैलाई समेट्दै अघि बढ्नु हुन्छ रणनीतिक सवालमा भने उहाँ दृढ हुनुहुन्छ । उहाँले कहिल्यै सर्वहारा वर्गको अहित हुने गरी कसैसँग सम्झौता गर्नुभएन । क्रान्तिकारी विचारप्रतिको उहाँको अडान र दृढताका अगाडि वर्गवैरीहरु अहिले पनि थर्कमान हुन्छन् र उहाँमाथि अनर्गल आरोप लगाउँदै झुठ्ठा प्रचार गर्छन, गराउछन् । उहाँले गणतन्त्र, संघीयता, राष्ट्रिय स्वाधिनता, समावेशीता, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता एजेण्डा अहिल्यै छाड्नुभएन । प्रचण्ड सधै देश र जनताको हित हेर्नुहुन्छ । देश र जनताको हित हुन्छ भने आफ्नो पार्टी र आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहने उहाँले बताउँदै आउने गर्नुभएको छ । १४ हजारभन्दा बढीको वलिदानीवाट देशलाई गणतन्त्रमा ल्याउन एमाओवादी पार्टी र त्यसको नेतृत्वले खेलेको भुमिकावाट पनि यो कुरा पुष्टि हुन्छ । एजेण्डामा यतिधेरै दृढ नेता संसारमा विरलै पाइएलान् । अध्यक्ष प्रचण्डले बरु सरकारको कुर्ची छाड्नु भयो तर जनताका एजेण्डा छाड्नु भएन । नेपालमा यसअघिका कुनै पनि प्रधानमन्त्रीले यस किसिमको त्याग गर्न सकेका थिएनन् । देश र जनताका एजेण्डाका लागि प्रधानमन्त्री पदवाट राजिनामा दिएर जनताबीचमा आउँदाको क्षण सम्झँदै प्रचण्ड भन्नुहुन्छ– ‘सरकारको नेतृत्व गरेर फेरि सरकारको नेतृत्व छाडेर, कसैको अगाडि घुँडा टेकिँदैन, हामी स्वतन्त्रताका लागि लड्छौं भनेर जनतामा आउने प्रधानमन्त्री म नै भएँ । अहिले हामी फेरि नयाँ ढंगले जनपरिचालन गर्ने, जनताको संघीय गणतन्त्रलाई संस्थागत गर्दै बाँकी कार्यभारहरु पूरा गर्न भनेर लागेका छौं । दोस्रो संविधानसभा निर्वाचनमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बनाउने मूल मुद्धा बोकेर हामी जनताबीच जाँदैछौं । हामीले नै सही एजेण्डा अघि सारेकाले जनताले हामीलाई दुई तिहाई मत दिने कुरामा म विश्वस्त छु ।’
अध्यक्ष प्रचण्डको नेतृत्वमा एमाओवादीवाट मात्रै अव नयाँ नेपाल निर्माण अभियान पूरा हुन सक्छ भन्ने आम जनताको विश्वास छ । जनताको त्यो विश्वास पूरा गर्न एमाओवादी पार्टी र त्यसको मूल नेतृत्व सही विचार र एजेण्डा बोकेर जिम्मेवारीपूर्वक अघि बढिरहेको छ । नेपाल र नेपाली जनताको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि सही एजेण्डा उठाउने, ती एजेण्डा कार्यान्वयनका लागि जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने एवम् आन्दोलनको बलमा प्राप्त भएका उपलब्धी संस्थागत गर्दै थप उपलब्धी हासिल गर्न अघि बढ्ने अग्रगामी शक्ति भनेको एमाओवादी नै हो । अहिले नेपाल र नेपाली जनतालाई एमाओवादीले सही विचार, नीति र एजेण्डा मात्रै दिएको छैन, त्यसलाई कार्यान्वयन गर्न सक्ने सक्षम नेतृत्व पनि दिएको छ । अध्यक्ष प्रचण्डको नेतृत्व वरिपरी देश हाक्न सक्ने भरोशायोग्य धेरै नेताहरुको टिम अहिले एमाओवादीभित्र छ । एमाओवादीले अघि सारेका गणतन्त्र, संघीयतासहितका एजेण्डा संस्थागत गर्नका लागि अहिले देशलाई एमाओवादीको नेतृत्व चाहिएको छ । आउनुहोस् तपाई हामी सबैले एक पटक एमाओवादी रोजौं र अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई अत्याधिक मतका साथ विजयी बनाऔं ।

डा. बाबुराम भट्टराईको विगतदेखि वर्तमान
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का वरिष्ठ नेता एवं संघीय गणतान्त्रिक नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी संविधानसभा निर्वाचनका लागि गोरखाको क्षेत्र नम्वर १ र रुपन्देहीको ४ वाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । एमाओवादीका वरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका भट्टराई माओवादी जनयुद्धकालमा केन्द्रीय जनसरकार प्रमुखसमेत हुनुहुन्थ्यो । २०६८ साल भदौ ११ गते ब्यवस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका डा.भट्टराईले करिव १८ महिना प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभयो । अत्यन्तै इमान्दार, सरल, मृदुभाषी, जुझारु, वौद्धिक र स्वच्छ राजनीतिकर्मीको छवि बनाएका भट्टराईले माओवादी नीति निर्माणमा अध्यक्ष प्रचण्डसँगै केन्द्रीय भुमिका खेल्दै आउनुभएको छ । राजनीतिक दलहरुवीचको सहमतिका आधारमा राजनीतिक स्थिरता कायम गरि मुलुकलाई आर्थिक विकास र सम्वृद्धितर्फ अगाडी बढाउनुपर्नेमा भट्टराई प्रतिबद्ध रहँदै आउनु भएको छ ।
प्रधानमन्त्रीका रुपमा बाबुराम
नेपाली इतिहासको असाध्यै चुनौतिपूर्ण कालखण्डमा प्रधानमन्त्री बन्नुभएका डा.भट्टराईले सरकारमार्फत् केही महत्वपूर्ण र ऐतिहासिक काम गर्नुभएको थियो । उहाँकै कार्यकालमा र बिशेषगरी उहाँकै सक्रियतामा माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कार्यभार सम्पन्न भयो भने ३५ वर्षदेखि कार्यान्वयन हुन नसकेको काठमाण्डौ लगायत ठूला शहरहरुका सडक विस्तार अभियान संचालन र आम जनतामा “केही गर्न सकिन्छ” भन्ने सकारात्मक सोंचको विकास भयो । लगानी वोर्डको गठन, पश्चिम सेती जलविद्युत योजनालगायत दर्जनभन्दा बढी मेगा प्रोजेक्टहरुको थालनी र सत्रवटा ठूला राष्टिय गौरवका योजनाहरु पहिचान गरी उच्च प्राथमिकताका साथ कार्यान्वयन उहाँकै सरकारले गरेको थियो । गरीवीको रेखा मुनी रहेका जनताको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने राष्ट्रिय अभियानको प्रारम्भ गर्नुका साथै बेरोजगार युवाहरुलाई वर्र्षमा न्यूनतम एक सय दिनको रोजगारी ग्यारेन्टी गर्ने, अन्यथा वेरोजगार भत्ता प्रदान गर्ने विधेयक मन्त्रीपरिषदवाट पारित गरी व्यवस्थापिका–संसदमा प्रस्तुत गरिएको थियो । उर्जा र कृषि क्षेत्रलाई उच्चतम प्राथमिकता प्रदान गर्दै वैंकिङग तथा वित्तीय संस्थाहरुवाट ती क्षेत्रमा न्यूनतम दश प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने र व्यवसायिक कृषि तथा साना जलविद्युत योजनाहरुका लागि लिएको ऋणमा सरकारले व्याज अनुदान दिने नीति कार्यान्वयन उहाँकै कार्यकालमा सुरु भएको थियो ।
“हेलो सरकार”, “जनतासंग प्रधानमन्त्री”, “जनताको घरमा प्रधानमन्त्री” आदि कार्यत्तःममार्फत् जनउत्तरदायी सरकारको प्रत्याभूति गर्दै शासक र जनतावीचको दूरी घटाउने काममा उहाँ सफल हुनुभयो । उच्च तहको प्रशासन, सुरक्षा निकाय तथा सार्वजनिक संस्थानहरुको नियुक्ति र कार्यविभाजनमा निष्पक्षता, स्वच्छता र पारदशिर्तासहित सुशासनको प्रत्याभूति दिंदै केन्द्रमा छुट्टै सहरी विकास मन्त्रालय, सहकारी तथा गरीवी निवारण मन्त्रालय, नीति अनुसन्धान प्रतिष्ठान आदि र स्थानीय स्तरमा “एकीकृत सेवा केन्द्र” हरुको स्थापनामार्फत् प्रशासनलाई थप प्रभावकारी वनाउने प्रयत्न गरियो । राष्ट्रिय स्वयंसेवा अभियान र नयाँ नेपाल निर्माण कोषको संचालनसहित दश लाख युवा परिचालन गर्ने कार्यक्रमको थालनी, सुदूर पश्चिम विकास आयोग र कर्णाली विकास आयोगको गठनद्वारा सन्तुलित क्षेत्रीय विकासको व्यवहारिक प्रत्याभूति, छापा र विधुतीय संचार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण प्रणालीको शुरुआत र संचार क्षेत्र तथा पत्रकारहरुलाई विशेष राहत कार्यक्रम पनि उहाँको कार्यकालका केही स्मरणीय कार्यक्रमभित्र पर्छन ।
प्रारम्भिक जीवन
बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार द्वव्य शाहलाई लमजुङबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणश पाण्डे, नारायण अर्यालहरुसँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिष थिए । बाबुरामका जेठा वा हरिप्रसाद भट्टराईले ज्योतिषी काम गरे । त्यसो त बाबुरामका हजुरबा भैरवप्रसाद भट्टराई पनि किसान थिए र बाबु भोज प्रसाद भट्टराई पनि किसान नै । बाबुराम भट्टराई आधुनिक शिक्षा दिक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलककै पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम परिवारमा जन्मिएका बाबुराम भट्टराईका एक दीदी, एक बहिनी र एक भाई छन् । किसानको छोरा भएकाले उनले बाबु आमालाई खेती किसानीमा सघाउने कुरा स्वभाविकै भयो । उनले आफ्नो बाल्यकालदेखि एस.एल.सी. दिउन्जेलसम्म गाई गोठालो भएर बाआमालाई सघाए । उनले घाँस दाउरा गर्ने, पानी वोकेर ल्याउने र विशेषगरी भाई बहिनी हेर्ने काम पनि गरे । बाआमा पढन जतिकै काम गर्न पनि सिपालु छोरा पाएकोमा दंग थिए । दीदीको बाह्र तेह्र बर्षमा विहे भएकाले बाबुरामलाई आफूभन्दा ८ र ९ बर्ष कान्छा भाई बहिनी हेर्ने जिम्मा आयो । पँधेराबाट पानी बोक्ने, भाई बहिनीलाई लगेर न्वाई ध्वाई गर्ने काम गर्थे । यसबाट बुझिन्छ कि बाबुराम बाल्यकालबाटै सामाजिक व्यवहारिक रुपमा जिम्मेवार व्यक्तित्वमा विकास हँुदै गए । एस.एल.सी. परीक्षा दिनु अघि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछयाएर बस्ने छात्रावासमा आफ्ना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्नमै बढी रुची राख्थे । उनका सहपाठीहरु उनलाई भाँडा माझ्ने जिम्मा दिन्थे ।
काठमाण्डौंमा कवि लेखनाथको छिडीमा
२०२६ सालको एस.एल.सि.मा वोर्ड फष्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाण्डौं आए । त्यतिवेला सरकारले जम्मा एकसय रुपैया छात्रबृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरी चलाउन कठिन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक पचास रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । घरबाटै चामल ल्याउने र आवश्यक थप सरसामान यतै किनेर विद्यार्थी जीवनको कठीन यात्रा सुरु गरे । काठमाण्डौं आएपछि बाबुराम र उनका सहपाठीको जीवनमा एउटा क्रान्ती आयो । यहाँ स्टोभमा खाना पकाउन थाले । आफ्ना सहपाठीहरु बीच रमाइलो कुरा पनि चल्यो “विज्ञानले यत्रो प्रगति गरि सकेछ । खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानु पर्यो र टिकट काटेर गाउँलेहरुलाई हेर्न वोलाउनु पर्यो ।’ बाबुरामको कवि लेखनाथसँग भेटघाट भएन । किनकि उनी काठमाण्डौं आउनुभन्दा ५ बर्ष पहिलेनै कवि लेखनाथको निधन भई सकेको थियो । कवि लेखनाथका छोरा सह–सचिव थिए । “हामी सह–सचिवको घरमा बस्न पाएकोमा मख्खै थियौ किनकी विद्यार्थीलाई कहिलेकाँही सिफारिस आदि गर्नुपर्ने हुन्थ्यो उनीहरु पनि बोर्डफष्ट भएको केटो हाम्रै घरमा बस्छ भनेर मलाई मायाँ गर्थे । कवि लेखनाथ की श्रीमती हुनु हुन्थ्यो, सेतो फुलेकी ।“ बाबुराम कलेज जीवनका प्रारम्भिक दिन स्मरण गर्दै भन्छन् ।
साहित्यमा बाबुरामको रुची
कविको छिडीमा डेरा भएकाले होइनकि बाबुराममा साहित्यप्रति पहिलेनै रुची थियो । उनले नेपाली बिषयमा ८१ नम्वर ल्याएका थिए जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरीभन्दा बढी कसैको हुन्थेन । मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो । नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर । उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । कवि लेखनाथको “तरुणतपसी“ पढिसकेका थिए । कवि भूपि शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे“ भरखरै छापिएको कविता संग्रह थियो । त्यो उनले निकै रुची राखेर पढे । अहिले पनि उनलाई त्यो कविता संग्रहका कयौ कविता कन्ठस्थ छन् । “मेरो शहरमा एउटा चोक छ । यहाँके छैन सवथोक, रोग, भोक र शोक छ ।” भन्ने कविता र “हुँदैन विहान मिरमिरेमा तारा झरेर नगए बन्दैन, देश दुईचार सपुत मरेर नगए” भन्ने कविता बाबुरामलाई निकै मन परे । पछि वीपि कोइरालाका कथा, लक्ष्मीप्रसाद देवकोटाका कविता पनि उनले पढे । कवि शिरोमणि लेखनाथ पौडेलको सामन्ती रोमान्टिक खालको, वि.पी र देवकोटाको पुँजीवादी खालको र पारिजात, भूमि शेरचनको साहित्य प्रगतिशील खालको लाग्न थाल्यो । उनको साहित्यिक अभिरुचीमा पनि त्यसरी नै छाप पर्दै गयो । उनलाई काठमाण्डौंमा पढ्दासम्म विदेशी साहित्यको अध्ययन गर्ने अवसर भने भएन । विज्ञानको विद्यार्थी भएकाले त्यतातिर मात्रै उनको अध्ययनमा वढी समय बित्यो । साहित्यमा स्व.अध्ययन मात्रै भयो ।
काठमाण्डौं र राजनीतिसँग बाबुराम
२०२७ र २०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरु पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवासतिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लडथे । अमृत क्याम्पसमा भने प्यानलसहित चुनाव हुन्थो । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले स–सस्त्र संघर्ष सुरु ग¥यो । त्यतिवेला उनकि जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६ र ७ बर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले “राजामहेन्द्रका अपराधहरु” भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामा मार्फत उनले पढ्न पाए । राजा भनेको त वदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पढ्दा झन बलियो हुँदै गयो । त्यतिवेला स्नातक तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । उनको गिरफतारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमान सिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढ्थे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियू सभापति उम्मेदबार थिए र उनले जितेका थिए । उनी यतिवेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे । उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नकालागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।
भारतमा अध्ययन र राजनीति
एस.एल.सि. र आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ् पढन चन्डिगढ गए । चन्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन स्वअध्ययन पनि गरे । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उतिवेला चण्डिगढमा पढाउथे । कार्लमाक्र्सको कम्यूनिष्ट घोषणापत्र त कोर्षमा नै थियो । त्यसबाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी भ्याउने अठोटै गरे । गान्धीदेखि चेसम्मका जीवनी पढ्दा उनलाई सबैभन्दा वढी चे को जीवनीले प्रभावित पा¥यो । । उनी दिनभरीनै पन्जाव विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको शुरुआतमा विश्वभरीका युवाहरुमा चे को क्रेज अत्याधिक थियो । उनी चे प्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो बैचारिक ढंगले उनी कम्यूनिष्ट विचारप्रति आकर्षित भई सकेका थिए र दोस्रो भारतमा कुल्लीको काम गर्ने लाखौ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुनसक्छ भनेर सोची रहेका थिए । उनी चे को सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी गरीवहरुको बाटो हो भन्ने निस्कर्षमा पुगीसकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा २०३३ सालमा उनकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुराम २०३४ सालमा त्यो संगठनलाई भारतव्यापी बनाउने तयारी गरे । बाबुरामले २०३४ मा इन्जिनियरिङगमा ग्रयाजुयट गरिसके पछि पोष्ट ग्रयाजुयट गर्न दिल्ली आए । बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरुमा पहिलो थियो । यसले पहिलो पटक “फागुन ७” को औचित्य भन्ने विचार गोष्ठीको आयोजना ग¥यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुँदैन भन्ने बिषयमा बाबुरामले आफ्ना खुल्ला विचार राखे ।
बाबुराम माथि आरोपको श्रृङ्खला
जव सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जव उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संघर्षमा लामवद्ध बनाउन थाले तव उनी विरुदद्ध षड्यन्त्र र आरोपको श्रृङगखला सुरु भयो । नेपालबारे केही गर्नुपर्छ भन्ने सोंचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढने विद्यार्थीलाई समेटदै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । अघिल्लो साल वि.पि. कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदा गिरफ्तार भएका थिए । उनी क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यहीवेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनुपर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवरपछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुँदै आयो । दुतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारतभरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारतस्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गरियो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङगाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिवेलाको पहिलो ठूलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।
नेपाली मजदुर, कुल्लीका बीचमा
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन् । उनले आफ्नो ज्ञान र भावनालाई भारतस्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले । विद्यार्थीबीच त उनी निविर्वाद स्थापित थिए । उनलाई बैठक गर्दा गर्दा दिन वितेको थाहै हुदैनथ्यो र समय नै पुग्दैनथ्यो । उनलाई एकै दिनमा सयौ चिठी प्राप्त हुन्थ्यो । स्कूल अफ प्लानिङ एण्ड आकिर्टेक्चरको पत्र मञ्जुषा बाबुरामलाई पठाइएका चिठीहरुले भरिएको हुन्थ्यो । बाबुराम भन्छन “अहिलेको जस्तो फोनको व्यवस्था हुने भए फोनबाटै धेरै कुरा हुन्थ्यो होला ।” दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय डेडसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरुका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रको अन्त्यका लागि उनीहरुलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुरबीच भिज्दै गए । राजु नेपाली –जो हाल एकिकृत नेकपा (माओवादी) का केन्द्रीय सल्लाहकार छन् ) मार्फत् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले ।
दिल्लीमा बामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियारलगायतका मजदुरसंगको सम्पर्कले उनी नेपाली मजदूरहरुबीच क्रियाशील वन्दै गए । त्यति नै वेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो । बाबुरामकै नेतृत्वमा प्रत्येक बर्ष नेपालका बरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमिनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्यूनिष्ट सबै पार्टीहरुसँग उत्तिकै सम्पर्क भएपनि बाबुराम बामपंथीहरु पट्टी नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । उनी यसअघिको दुईबर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो ।
बाबुरामले जिउँदा पुस्पलाललाई त भेटन पाएनन । भेटने भन्दा भन्दै तालमेल मिलेन । तर २०३५ सालमा दिल्लीमा निधन भएका पुष्पलालको अन्त्यष्ट्रिमा उनी जमुनाघाटमा पुगेका थिए । त्यहाँ जम्मा १०÷१२ जना मात्रै उपस्थित थिए । उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले समर्थन ग¥यो । र चौमले विरोध ग¥यो । त्यसपछि बाबुरामले चिनमा प्रतिक्रान्तिका विरुद्ध उभिनेहरुलाई समर्थन गरे । माओको देहान्तपछि प्रतिक्रान्ति भयो भन्ने विचार चौमसंग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंह मार्फत् त्यो पार्टीको सदस्यता नै लिए । बाबुराम २०३७ पछाडी अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरुका बीचमा राजनीतिक काममै खटे । अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए र मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएको वेला उनलाई कालो झण्डा देखाउँदा वावुराम आफ्नो जीवनमा पहिलो पटक गिरफ्तारीमा परेका थिए ।
प्रकाशनमा रुची
२०३४ सालमै उनले प्रकाशन गरेको “जनमानस“ निकै चर्चित थियो । उक्त बार्षिक पत्रिका राजतन्त्रका विरुद्ध सवै एक भएर जानुपर्छ भन्ने बहसमा मुख्यत केन्द्रीत हुन्थ्यो र बाबुरामको बामपंथी सुझावका कारण माक्र्सवादी कोणबाटै बढी व्याख्या विश्लेक्षण भएका रचना छापिन्थे । त्यसपछि “नेपाली एकता” भन्ने मजदुरको पत्रिका पनि उनले दर्ता गरे र त्यसको संपादक÷प्रकाशक भएर काम गरे । त्यसैको प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्करm दिएकाले उनी ४८ घण्टा वेहास भए । उनलाई अस्पताल पु¥याइए पछि उपचारमा नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले चासो दियो । त्यो सबैको नैतिक दायित्व नै थियो । उनले प्रकाशन गर्ने पत्रिकामा नेपालमा गणतन्त्रको आवश्यकता, गणतन्त्र प्राप्तिको आन्दोलन साथसाथै नेपाल भारत सम्वन्ध बारे हुन्थ्यो । बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल भारत सम्बन्ध बिषयमा नै केन्द्रित र भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभै नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्ष छ ।
बाबुराम नेपाल फर्के
२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फकिर्नु अघिनै उनले निर्णय गरी सकेका थिए कि “म अव पूर्णकालीन राजनीति नै गर्छु ।” उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए । उनी नेपाली कम्यूनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसंग मतभेद बढ्यो । तर उनी संधै क्रान्तिकारी पार्टीहरु बीचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका शरणार्थी बिषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए । २०४६ सालको जनआन्दोलनताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको नेपाल वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । र त्यो दिनको उत्कर्षले नै पंचायती व्यवस्थाको अन्त गर्यो । २०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईला वा, दिलबहादुर श्रेष्ठ, सिताराम तामाङग लगायत मिलेर पार्टी एकताको लागि २०४७ जेष्ठमा “फोरम फर यूनिटी” बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन ।
एकता केन्द्र २०४७ मंसिरमा बन्यो । पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु ऋलि ढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तिका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल ग¥यो र तेस्रो ठूलो दल भयो । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रि«यता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रि«यता सम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो ।
२०४६ को जनआन्दोलनबाट प्राप्त सीमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ मा जनयुद्ध सुरु ग¥यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा ग¥यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए । २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग संधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताका बीचमा रहे । भूमिगत होस् वा खुल्ला, पार्टीका समान्य सदस्यदेखि वरिष्ठ नेता र प्रधानमन्त्री हुँदासमेत उनले सधै सादगी र पारदर्शी जीवन बिताए ।

अग्रगमनका संयोजक कमरेड नारायणकाजी श्रेष्ठ
नेपालको विगत १२–१५ बर्षयताका राष्ट्रिय राजनीतिका कतिपय उल्लेखनीय घटनाहरुमा नेपाली जनताको पक्षमा नीतिनिर्णयहरु गर्न–गराउन र समग्र राजनीतिको कार्यदिशालाई निर्दिष्ट गर्न सक्रिय एकजना अगुवाको नाम हो – क.प्रकाश । बास्तविक नाम नारायणकाजी श्रेष्ठ । सोभियतसंघको विघटनबाट र अन्य देशका कम्युनिष्ट आन्दोलनका सकारात्मक नकरात्मक अनुभवहरुबाट पाठ सिक्दै नेपाली बामआन्दोलनलाई अद्यावधिक तुल्याउने हुटहुटीसहित अघिबढेको शिक्षित युवाहरुको पंक्तिमा खरो उत्रिन सफल एक आशालाग्दो प्रतिभाको रुपमा उहाँलाई लिनेहरु धेरै छन् । क.निर्मल लामाले समेत कम्युनिष्ट आन्दोलनमा आफूपछिको नेतृत्वको रुपमा भरोसा गरेका क.प्रकाशको तीक्ष्ण बौद्धिक तथा विश्लेषण क्षमताका अतिरिक्त आन्दोलनप्रतिको समर्पण र प्रतिबद्धताको गहनताका कारण उहाँ एउटा पार्टीविशेषको प्रतिष्ठित नेता मात्र नरहेर समग्र मुलुककै र कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै सरोकारका प्रभावकारी नेताको रुपमा स्थापित हुनु भएको छ ।
नेपाली राजनीतिमा पछिल्लो समयमा निर्णायक भएर आएको एमाओवादी पार्टीसँग सुरुदेखि नै बाक्लो अन्तत्र्रिmयामा रहेर त्यसलाई आलोचनात्मक सहयोग गरेर त्यसका विभिन्न बैचारिक र कार्यक्रमिक मामलाहरुमा बाहिरबाट गहन प्रभाव पार्ने ब्यक्तित्वहरुमा सायद उहाँ नै एक नं मा आउनुहुन्छ । उहाँको समेत पहलकदमीमा नेकपा एकताकेन्द्र–मसाल र तत्कालिन माओवादीबीच एकता भएर एकीकृत नेकपा (माओवादी) निर्माण भएपछि उहाँ पार्टीको उपाध्यक्ष रहँनु भयो । एकतापश्चात् पनि पार्टीमा उहाँको भूमिका प्रभावकारी नै रहँदै आएको छ । ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हँुदै जनयुद्ध र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको संचालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरु र अन्तरिम संविधान निर्माण, संविधानसभाको चुनावदेखि अहिलेको अवस्थासम्म राजनीतिलाई सही वाटोमा हिडाउनका लागि एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकको रुपमा उहाँ सक्रिय हुनुहुन्छ ।
देशमा गणतन्त्र घोषणासँगै ०६५ जेठ १४ गते भूमिगत जीवन त्यागेर सार्वजनिक हुनु भएका नारायणकाजी श्रेष्ठ संविधानसभाको दोस्रो निर्वाचनका लागि एकीकृत माओवादीका तर्फवाट मकवानपुरको क्षेत्र नं २ उम्मेदवार बन्नुभएको छ । पहिलो संविधानसभामा उहाँको आवश्यकतालाई बुझेर सरकारले २६ जनाको मनोनित सूचिवाट संविधानसभामा प्रतिनिधित्व गराएको थियो । अन्तिमस समयसम्म पनि संविधानसभा वचाउन र संविधानसभावाटै संविधान वनाउन सक्रिय रहनु भएका प्रकाश आगामी संविधानसभावाट पहिचानसहितको संघीयता पक्षधर एमाओवादी उम्मेदवारहरुलाई जिताएर पठाएमा जनपक्षीय संविधान सहजै बन्ने र आन्दोलनवाट प्राप्त उपलब्धी जोगाउन सकिने वताउनु हुन्छ ।
पारिवारिक पृष्ठभूमि
२०१७ सालमा गोरखाको जौवारीमा पिता मेघनारायण श्रेष्ठ र आमा ज्योतिमायाको छोराको रुपमा यस धर्तीमा उदाएका प्रकाशको एसएलसीको परिक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा जन्म २०१६ साल बनाइयो । उपत्यकाको पाटनबाट चार पुस्ताअघि गोरखाको जौबारीमा पुगेको उनको परिवार जिल्लाकै शिक्षित र सुविधा सम्पन्न परिवार थियो । तर पछि आर्थिक स्थिति क्रमशः खस्कदै जान थाल्यो । कारण थियो – जमिनमा आफूले काम नगर्नु र ब्यापार पनि छाड्दै जानु । प्रकाशका बुबा ९० बर्षको उमेरमा ५ वर्षअघि वित्नुभयो भने आमा १ वर्षअघि ८१ बर्षको उमेरमा वित्नुभयो । प्रकाशका चारजना दाजु र एक भाई हुनुहुन्छ । प्रकाशको आफ्नो निजी सम्पत्ति भन्ने केही छैन । गोरखा जौबारीमा भएको जमीन पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिसक्नुभएको छ । मधेसमा भएको थोरै जमिन बेचेर केही ऋण तिर्नुका साथै केही बाबुआमाको उपचार र हेरचाहमा खर्च भयो भने केही पार्टीलाई बुझाउनु भयो । अब आफ्नो ब्यक्तिगत सम्पत्ति केही नभएको प्रकाश वताउनु हुन्छ । विहान पाँच बजे नै उठेर योगासन र प्राणायाम गर्ने प्रकाश नित्यकर्म, पत्रपत्रिका अध्ययन र समाचार सुनेपछि सात बजेदेखि नै पार्टीका बैठक र राजनीतिक भेटघाटमै ब्यस्त रहनुहुन्छ । प्रकाश मुलतः शाकाहारी हुनुहुन्छ, उहाँ जाडरक्सी, चुरोट खैनी, पान आदि केही पनि सेवन गर्नुहुन्न ।
अध्ययन र जागिर
प्रकाशले १ बाट १० कक्षासम्म गाँउकै परोपकार आर्दश मा.वि.मा पढ्नु भयो । पढ्नमा अत्यन्तै तेज प्रकाश सधैं कक्षाका प्रथम हुने गरेको उहाँका सहकर्मी वताउछन् । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० मा सय नै नम्बर ल्याएर स्कुलको रेकर्ड तोडेका प्रकाश एसएलसी पछि कलेज पढ्न काठमाडौं आउनु भयो । जनप्रशासन विषयमा स्नाकोत्तर र अर्थशास्त्रमा स्नातक गर्नुभएका प्रकाशको दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादसम्वन्धी दर्शनमा राम्रो दख्खल छ । माओले भनेझै विरोधीका पुस्तक पनि पढ्नुपर्छ, त्यसले सचेत गराउँछ र प्रतिरोध क्षमता बढाउँछ भन्ने कुरालाई आधार मान्दै प्रकाशले अध्यात्मिक र गैर–माक्र्सवादी पुस्तकहरुसमेत भ्याएसम्म पढ्ने गरेको बताउनु हुन्छ । तर पार्टीको उच्च तहको एक जिम्मेवार नेता भएकाले पढ्ने समयको भने अभाव छ । विहान पत्रपत्रिका पढ्ने, समाचार सुन्ने तथा बेलुका पुस्तक पढ्न गरेको उहाँले बताउनु हुन्छ ।
प्रकाशलाई सबैभन्दा मनपर्ने पुस्तक लेनिनको राज्य र क्रान्ति हो, जुन उहाँले धेरै पटक दोहो¥याएर पढिसकेको र खासगरी अहिले युवाहरुले माओको दर्शन, साँस्कृतिक क्रान्ति, संयुक्त सरकारका बारेमा विशेष पढ्नुपर्ने उहाँको सुझाव छ ।
०३७–०३८ साल मुख्यत उहाँको जागिरको अवधि थियो । मेडिकल साइन्स पढेकाले हेल्थपोष्टमा डेढबर्ष थोरै तलबमा जागिर खाएपछि केही बर्ष शिक्षकको जागिर खाँदा उहाँ क्रान्तिकारी राजनीतितिर उन्मुख हुनुभयो र आन्दोलनमा जोडिनु भयो ।
जेलजीवन
१५ बर्षमा एसएलसी गरेका प्रकाशलाई १६ बर्षको कलिलो उमेरमै जेल हालियो । ०३३ सालमा पञ्चायत विरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै पक्राउ गरेर सेन्ट्रल जेलमा राखियो । दोस्रो पटक पञ्चायती शासनविरुद्ध लागेको आरोपमा ०३६ सालमा गोर्खा जेलमा राखियो भने तेस्रो पटक जनआन्दोलनको तयारीका क्रममा ०४५ सालमा राजकाज मुद्धा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयको हिरासतमा राखियो । त्यसउप्रान्त प्रकाशलाई हिरासत र जेलमा बस्नु परेको छैन । तर माओवादी जनयुद्धकालमा माओवादी नेतृत्वसँग नियमित सम्पर्कमा रहने भएकाले उहाँले अत्यन्तै कडा भुमिगत जिवन विताउनु भएको थियो ।
राजनीतिक भुमिका
प्रारम्भिक तहमा बी.पी. कोइरालाका अपीलहरुबाट प्रभावित प्रकाश पंचायतको विरोधका क्रममा दुईपटक जेल परेपछि कम्युनिष्ट पार्टीलेमात्रै जनताको मुक्ति गर्ने बुझाइका कारण तत्कालीन कम्युनिष्ट आन्दोलनमा हेलिन पुगेको बताउनु हुन्छ । आफ्नै साहिला दाजु चीनकाजी श्रेष्ठ राजनीतिमा संलग्न थिए । उनी न्याय र इन्साफ (गाउँ – टोलमा) गर्ने सामाजिक कायकर्ता पनि थिए । प्रकाशकै काइलो बुबाका छोरा जगतबहादुर श्रेष्ठ पनि उस्तै । कम्युनिष्ट आन्दोलनमा लाग्न उहाँहरुबाट पनि प्रेरणा प्राप्त भएको थियो । त्यो बेला एकीकृत चौथो महाधिवेशन (चौम) ले देशव्यापीरुपमा आफ्नो संगठन विस्तार गरिसकेको थियो । मोहनविक्रम र निर्मल लामा त्यसको नेतृत्वकर्ता थिए । नेतृत्व परिपक्व छ र छिट्टै क्रान्ति हुनेछ भन्ने भावबाट कम्युनिष्ट आन्दोलनमा प्रकाशको संलग्नता भएको थियो । कम्युनिष्ट बन्नासाथ प्रकाशलाई ०३८ सालमा गोरखा जिल्लाका श्रीनाथ अधिकारीले पार्टी सदस्यता दिएका थिए । अधिकारी हाल माओवादीमा संलग्न छन् । प्रकाश पार्टीको सेल कमिटी हुँदैगर्दा नै मोहनविक्रम र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टी विभाजन भयो । लामा समूहबाट प्रकाश काठमाडौं जिल्ला समितिको सदस्य हुँदै ०४२÷४३ सालतिर त केन्द्रीय सदस्य भइसक्नुभएको थियो ।
२०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य हुँदै एकतापछि ०४८ सालमा एकता महधिवेशनबाट नेकपा (एकताकेन्द्रको पोलिटब्यूरो सदस्य हुनुभयो । ३१ बर्षमै एकताकेन्द्रको पोलिटब्यूरो सदस्य बन्नुभएका प्रकाश ०५१ सालमा पार्टीमा फूट भई प्रचण्ड र निर्मल लामाका अलग हुँदा लामा समूह वा एकताकेन्द्रको महासचिवको जिम्मेवारीमा पुगनुभयो । त्यतिबेला प्रकाशको उमेर ३४ बर्षको मात्रै थियो । ०५१ सालदेखि ०५९ सालसम्म एकताकेन्द्रको महासचिव रहँनुभएका प्रकाशले त्यसपछि मोहनविक्रम सिंहसँग पार्टी एकता गरी सह–महामन्त्री रह्नु भयो र ०६३ सालमा सो पार्टीमा पुनः विभाजन भएपछि पुनः एकताकेन्द्रको महासचिवको हैसियतमै रहनु भयो । ०६५ सालमा एकतापछि एमाओवादीको उपाध्यक्ष र हाल केन्द्रीय कार्यालय सदस्य रहनु भएको छ ।
०४६ सालको जलआन्दोलनदेखि भूमिगत जीवन विताइरहेका प्रकाश १८ बर्षको भूमिगत जीवनपछि २०६५ जेठ १४ गते राजधानीमा एक विशेष कार्यक्रममार्फत् सार्वजनिक हुनु भएको थियो । गणतन्त्र आएपछि सार्वजनिक हुने प्रकाशको सपना २०६५ जेठ १५ गते गणतन्त्रको क्रियान्वयन निश्चित भएपछि त्यसको पूर्व सन्ध्यामा पूरा भयो । सो क्रममा प्रचण्ड, बाबुराम भट्टराई, नरबहादुर कर्माचार्य र अमिक शेरचनले उहाँको भूमिका र योगदानको चर्चा गर्नु भएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनको ६ दशक बितेको छ । यसक्रममा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनको कमजोरीलाई पहिचान् गर्ने क्रममै त्यही आधारमा प्रतिक्रान्तिको शिक्षासहितको नेपालको विशेषतामा नयाँ कार्यदिशा निर्माण गरिएको र सो कार्यदिशाले मागे बमोजिमको नयाँ संगठन बनाउने दिशामा एमाओवादी अघि बढेको प्रकाशको ठहर छ । पछिल्लो अवस्थामा देशको संकटपूर्ण घडीमा संकटको निकास निकाल्न र नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्न एमाओवादीको हेटौडा महाधिवेशनले अघि सारेको कार्यदिशा नै सही र बस्तुवादी छ भन्ने प्रकाशको ठहर छ ।
नेतृत्वको गुण र कमजोरी
प्रकाशसँग तपाईको प्रमुख विशेषता के हो भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ– ‘मसँग त्यस्तो अनौठो विशेषता त केही छैन तर सचेत भएदेखि नै देश र जनताको मुक्तिप्रति निष्ठावान छु । सर्वहारावर्ग र अन्तत मानवजातिको मुक्तिप्रति समर्पित छु ।’
‘मेढिटेसन प्रोसेसले मलाई अलिकति सन्तुलित भएर विषयबस्तुलाई हेर्न मद्दत गरेको छ । तैपनि कहिलेकाही त रीस उठिहाल्छ । कसैले सिधा–सिधा ढाँटेको भन्ने थाहा पाएपछि मलाई अत्यन्तै रीस उठ्छ ।’ उहाँले आफ्नो स्वभाव जानकारी दिनुभयो ।
उदारवाद आफ्नो कमजोरी हो भन्ने प्रकाशको ठहर छ । ‘सबैलाई समेटेर काम गरौभन्दा कतिपय गल्ती कमजोरी देख्दा–देख्दै कहिलेकाहीँ छाडिदिनु पर्ने हुन्छ । निर्णायक संघर्ष गर्नुपर्ने बेलामा कहिलेकाहीँ उदारता देखाउने समस्या छ ।’
स्मरणीय क्षण
अध्यक्ष प्रचण्डसँग प्रकाशको भेटघाट ०४७ सालबाट हुन थालेको हो । भेटघाटको इतिहास थोरै अवधिको भए पनि प्रचण्ड र उहाँबीचमा यति घनिष्ठ सम्बन्ध बनिसकेको थियो कि दुवै पार्टी फुटाएर अलग हुँदा छुट्ने बेलामा उहाँ दुबै रोएको कुरा प्रकाशलाई अहिले पनि ताजै छ । त्यो क्षण प्रकाश सम्झनुहुन्छ ‘प्रचण्डजी र ममा क्रान्तिकारी स्पिरिटमा समानता हुँदाहुँदै पनि तात्कालीन मूल राजनीतिक कार्यनीतिमा मतभेद भएपछि एउटै पार्टीमा रहन सकेनौं । तर प्रचण्ड र बादलसँग यति घनिष्ठ सम्बन्ध थियो कि त्यसले ठूलो चोट पनि पा¥यो । प्रचण्डहरु जनयुद्धमा जाने निर्णयमा पुग्नुभयो । क्रान्तिकारी रहिरह्यौं भने इतिहासको कुनै कालखण्डमा गएर फेरि भेटौला भनेर हामीहरु छुटेका थियौं ।’ पार्टी विभाजनपछि पनि प्रचण्ड र प्रकाशबीचमा आत्मीय र भावनात्मक सम्बन्ध कायम नै रह्यो ।

प्रकाशको रोल्पा दौड
निकै समयदेखि संसदीय दल र माओवादीबीच पुल बनिरहेका र दुवैलाई नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रकाश एमाले टोली फर्किएकै दिन रोल्पा पुग्नुभयो । कांग्रेस, एमालेको देशभित्र एमाओवादीसँग वार्ता गर्न नसकिने अडान एवम् माओवादी नेताको देशभित्रकै आधार क्षेत्रमा वार्ता गर्नुपर्ने फरक फरक अडानका कारण उत्पन्न समस्या समाधान गर्न प्रकाशले माओवादी नेताहरुलाई वार्ताका लागि भारत जान सहमत गराउन पहल गर्नुभएको थियो । माघ १९ पछि विकसित परिस्थितिमा भारतको माओवादीप्रतिको दृष्टिकोण पहिले जस्तो नहरेकाले माओवादी नेताहरुलाई त्यहाँ खतरा नरहेको उहाँको विश्लेषण थियो । प्रचण्ड र बाबुरामलाई प्रकाशले भेट्दा माओवादीका सबै महत्वपूर्ण नेताहरु त्यहीं थिए । २०५१ मा एकताकेन्द्र विभाजनपछि दुई समूहको नेतृत्व गरिरहेका प्रचण्ड र प्रकाशबीच विभाजन हुनासाथ अनेक आरोप लगाउने कम्युनिष्ट परम्पराविपरीत आश्चर्यजनकरुपमा सुमधुर सम्बन्ध कायम रह्यो । यसको प्रमाणका रुपमा, प्रचण्ड र प्रकाश दुवैले एक–अर्काको क्षमताको बखान पटक पटक सार्वजनिकरुपमै गरेका थिए । पार्टी विभाजन हुँदा नै उनीहरुबीच समयक्रममा जसको विचार अघि बढ्छ उसलाई सघाउने सहमति बनेको दुबै नेताका निकटहरु बताउँछन् ।
प्रकाशले सात दलसँगको वार्ता र समझदारीले नेपालको राजनीतिलाई नै सकारात्मक प्रभाव पार्ने हुनाले प्रचण्ड र बाबरामले अलिकति खतरा मोलेरै भए पनि भुमिगतरुपमा भारत जानुपर्ने र माओवादीले मिलाएकै स्थानमा आफूले सात दलका नेताहरु ल्याउने भनेर प्रकाशले माओवादी नेताहरुलाई भनेपछि भारत जान प्रचण्ड र बाबुराम सहमत हुनुभएको थियो । रोल्पावाट काठमाडौं पुगेको भोलिपल्टै प्रकाशले कोइरालालाई भेटे र, तत्काल दिल्ली लगिहाले । दिल्लीमा माओवादी र ७ दलबीच भएको १२ बुँदे समझदारीले विकसित गरेको पछिल्लो परिवेशले मुलुकलाई संयुक्त आन्दोलनको दिशातर्फ उन्मुख गराएपछि प्रकाशकै संयोजकत्वमा आन्दोलनका लागि सहमति बनाउन दिल्लीमा अर्को वार्ता भयो । वार्तामा झलनाथ खनाल, बामदेव गौतम, प्रचण्ड, प्रकाश, बाबुराम भट्टराई कृष्णबहादुर महरा अमिक शेरचन, कृष्ण सिटौला, महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए । बैठकले चैत्र २४ गतेबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन गर्ने सहमति कायम ग¥यो । जनयुद्धको जगमा सुरुभएको संयुक्त जनआन्दोलनको वलमा आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ । संविधानसभावाट नयाँ संविधान बनाएर आन्दोलनवाट प्राप्त उपलब्धी सस्थागत गर्न दोस्रो संविधानसभाको चुनाव हुँदैछ ।

लेखक
प्रकाश आफूलाई बाध्यतामा लेख्ने लेखक ठान्नुहुन्छ । आन्दोलनको आवश्यकताका कारणले बाध्यताले नलेखी भएन भन्ने भएपछि मात्र लेख्ने गरेको छु । उहाँका लेखहरु बर्गसंघर्षका ठोस अभिव्यक्तिका रुपमा मात्रै आएका छन् । धेरैजसो प्रकाश नाममा लेख्ने गरेपनि भूमिगत हुँदा प्रज्जवल, नरेन्द्रमान, दीपक, सन्देश जस्ता नाममा पनि आउँछन् । प्रकाशका केही पुस्तकहरु प्रकाशित समेत भएका छन् भने कैयौ पुस्तक प्रकाशनको तयारीमा छन् ।
१) क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग –१
२) माघ – १९ र क्रान्तिकारी कार्यनीति
३) माओवादी र माओवादी जनयुद्धबारे
४) क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग –२

सर्वस्वीकार्य नेता पोष्टबहादुर बोगटी
पारिवारिक पृष्ठभूमी
नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी दिवाकरको जन्म २०१० सालमा भयो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट पोष्टबहादुर बोगटी निम्न मध्यम परिवारमा जन्मिनु भएको हो ।
बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त हुनु भयो । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पोष्टबहादुर बोगटी सरल, मिलनसार स्वभावको हुनुहन्छ । उहाँको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट सहिद भएका थिए । बोगटीका दुई छोरी मध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ र दाङ जिल्लामा क्रियाशिल हुनहुन्छ । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चारव्यूरो अन्तर्गत प्रचार प्रसार राज्य समिति सदस्य हुनुका साथै पत्रकारितामा आबद्ध हुनुहुन्छ । श्रीमती राममाया बोगटी उषा संघीय जनसम्पर्क मध्य जिल्ला संगठन समितिको सदस्य एवं अनेम संघ क्रान्तिकारी जिल्ला संयोजक तथा नुवाकोट काठमाण्डौ संघीय जनसम्पर्क मञ्चको अध्यक्ष समेत हुनुहुन्छ । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।

राजनीतिक यात्रा र जिम्मेवारी
समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गर्नु भयो । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटी बताउनु हुन्छ । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको उहाँको सम्झना छ । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध हुनुभयो । पुष्पलाल समूहले २०३५÷२०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिनु भयो । संयुक्त चौंथो महाधिवेशनसम्ममा उहाँ जिल्ला समिति सदस्य भइसक्नु भएको थियो । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गर्नुभयो । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा मशालको जिल्ला सेक्रेटरी हुनुभयो । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हानु भयो । शान्ति प्रक्रियामा आउँदा समेत उहाँले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हाल्नु भयो भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका निर्वाह गर्नुभयो । २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन हुनुभयो । २०६२÷२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न. ३ बाट विजयी हुनुभयो । संविधानसभा सदस्य हुँदै उहाँ एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक हुनु भयो । उहाले भलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय सम्हाल्नु भयो । त्यसलगत्तै बनेको डा.बाबुराम भट्राई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भयो ।

जेल जीवन
पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा जेल जीवन पनि छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४०मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना जेल जीवन बिताउनु भयो । दशैको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो । यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उहाँ घरबाट पक्राउ पर्नु भयो । त्यसबेला उहाँ पार्टीको जिल्ला समिति सेक्रेटरी हुनुहुन्थ्यो ।उक्त बम काण्डमा उहँंको गाउँबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ गर्नु भएको थियो । सो बम काण्डमा पक्राउ पर्नुभएका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाई हत्या गरेको थियो ।
शिक्षा र अनुभव
स्कूल र क्याम्पसको औपचारिक अध्ययन धेरै नभएपनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असंख्य पुस्तकको अध्ययन गर्नुभएको छ । औपचारिक शिक्षा उहाँको घर नजिकै रहेको चण्डेश्वरी प्राथमिक विद्यालयमा सुरुआत गर्नुभयो । यसपछि त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यायलमा केही समय पढ्नु भयो । आर्थिक समस्याले गर्दा उहाँले औेपचारिक अध्ययनलाई निरन्तरता दिनु भएन ।
सामाजिक कार्यसंगै राजनीतिक जीवनको सुरुआतपछि अध्ययन गर्ने वातावरण मिल्दै गयो । सुरुमा धार्मिक ग्रन्थहरु द्वन्द्ववादी र आलोचनात्मक ढंगले पढ्न थालेको बोगटी बताउनु हुन्छ । पूवीय दर्शन द्वन्द्वात्मक ढंगले पढेको उहाँको अनुभव छ । यसपछि पुराण, महाभारत, कृष्णचरित्र, भागवतगीता, रजनीकान्त, शास्त्रीको हिन्दुधर्मको उत्थान र पतन जस्ता किताबहरु आलोचनात्मक ढंगले पढ्नु भयो । दर्शनमा माओका सबै भोलुमहरु मनपर्ने बताउनु हुन्छ । माओका चिनियां ग्रामीण समाजमा वर्ग विश्लेषण, अन्तरविरोधबारे, लेनिनका जनताका शत्रु र मित्र को हुन्, राज्य र क्रान्ति, माक्र्सको कम्युनिष्ट घोषणापत्रले बढी नै प्रभाव पारेको बताउनु हुन्छ । साहित्यका आमा, युवाहरुको गीत, चम्किलो रातो तारा र अग्निदिक्षा, तरुण गार्ड, थ्याङ्कु मिस्टर ग्याल्ड जस्ता पुस्तक मनपर्ने बताउनु हुन्छ ।
एक व्यावहारिक नेता
पोष्टबहादुर बोगटी व्यावहारिक नेता हुनहुन्छ । पार्टीको नीति, लाईन र योजनालाई इमान्दारिपूर्वक प्रयोग गर्ने र विषयलाई सरल ढङ्गले लैजाने नेताको रुपमा पोष्टबहादुर बोगटी चिनिनु हुन्छ । उहाँ आफ्नो कारणले कसैको चित्त नदुखोस् भनेर सोच्नु हुन्छ । उहाँ आफूलाई सीधा र सामाजिक प्रकारको छु भन्नुहुन्छ । उहाँ आफू मान्छेहरुसँग सहजरुपमा छलफल गर्ने र विषयलाई जटील बनाउनतीर कहिल्यै नलागेको बताउनु हुन्छ । हरेक विषयलाई अति सरलीकृत गर्दा समस्या त आउलान तर, द्वन्द्ववादी ढंगले हेर्दा विशेषताहरु आफैमा सीमा पनि हुने बताउनु हुन्छ । सबैको राय र सुझाव लिई काम गर्ने हुँदा सहयोद्धाहरुसंग काम गर्न सजिलो भएको बताउनु हुन्छ । वर्गसंघर्ष र आन्दोलनलाई केन्द्रविन्दुमा राख्न सके जतिसुकै समस्या आएपछि हल गर्न कठिन नहुने उहाँको अनुभव छ ।
यस पटकको संविधानसभा निर्वाचनमा पनि उहाँले नुवाकोट जिल्लाको क्षेत्र नम्वर ३ बाट नै उम्मेद्वारी दिनु भएको छ । समाजसेवी, मिलनसार, सरल एवम् पार्टी र क्रान्तिप्रति प्रतिवद्ध बोगटी सबैलाई स्वीकार्य व्यक्तित्व बन्न सफल हुनु भएको छ ।

This comment has been removed by a blog administrator.
ReplyDelete