टाउकोमा गोली: आलमलाइ मृत घोषणा नगर्न दबाब !!!
टाउकोमा गोली हानिएपछि मृत्युको मुखमा पुगेका बारा क्षेत्र नम्बर-४ का एमाले उम्मेदवार महमुद आलमलाई मृत घोषणा नगर्न त्रिवि शिक्षण अस्पताललाई सुरक्षा निकायबाट दबाब परेको खुलासा भएको छ ।
सूत्रलाई उद्धृत गर्दै आलमलाई गोली ठोकिएपछि गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले आक्रमणमा परेका एमाले उम्मेदवार आलमलाई निर्वाचन अवधिभर भेन्टिलेटरमै राख्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी सूत्रलाई उद्धृत गर्दै समाचार लेखेको छ । यसबाट अस्पताललाई सुरक्षा निकायको दबाब रहेको संकेत मिलेको छ ।
गोली ठोकिएपछि गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा प्रहरी महानिरीक्षक रानाले नेपाली सेनालाई समेत लाठी लिएर ड्युटीमा लगाउनुपर्ने प्रस्ताव राखेर आसन्न निर्वाचनमा उम्मेदवारको सुरक्षाप्रति गम्भीर प्रश्नसमेत खडा गरेको पनि अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ ।
उता, आलम अस्पतालको शैयामा मृत्यु कुरिरहेका छन् ।
गोलीलागेर गम्भीर घाइते भई काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन कक्षमा उपचाररत आलमको स्वास्थ्यस्थिति झन् झन् विग्रिएको चिकित्सकहरुले बताएका छन् । स्वास प्रस्वासको मात्रामा पनि कमी आएको र आँखाको चाल पनि घटेकोले यही स्थितिमा उनको स्वास्थ्य स्थिति सप्रने सम्भावना निकै कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
गत शुक्रवार त्रिभुवन राजपथस्थित पर्दानी पुलको चैनपुरमा साथीहरुसँग कुरा गरिरहेका बेला भारतीय नम्बर प्लेटको मोटर साइकलमा आएका ब्यक्तिहरुले उनको टाउकोमा गोली ठोकेका थिए ।
घट्नाको तेस्रो दिन आइतबारबाट सरकारी छानबिन समितिले काम थालेको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिनकर शम्सेर राणाको संयोजकत्वमा गठित तीन सदस्यीय छानवीन समितिलाई ७ दिनभित्र घटनाको छानविन गरि प्रतिवेदन गर्ने कार्यादेश दिइएको छ ।
उता, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गई अज्ञात समूहको गोली प्रहारबाट घाइते आलमको स्वास्थ्य अवस्थाको बारे अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. भगवान कोइरालालगायत उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारी लिएका छन् ।

Post a Comment