0

रुकुममै लखेटिए एमाओवादी कार्यकर्ता!

रुकुममै लखेटिए एमाओवादी कार्यकर्ता!

 ३० असोज।
 रुकुमको झुला गाविसमा एमाओवादी र नेपाली काँग्रेसका कार्यकर्ताविच झडप भएको छ। नेपाली काँग्रेस रुकुमले आयोजना गरेको चुनाव प्रचार प्रसार कार्यक्रम अन्र्तगत बुधवार आयोजित कार्यक्रम स्थलमा कार्यक्रम सुरु हुन पुर्व नै गाविस भवनमा जम्मा भएर बसेका करीव डेडसय वाईसिएल कार्यकर्ताहरुले काँग्रेसको जुलुसमाथी आक्रमण गरेपछि झडप भएको हो।
उक्त कार्यक्रममा पुर्व राज्यमन्त्री एवं काँग्रेस क्षेत्र नं २ का प्रत्यक्ष उम्मेद्धवार गोपालजी जङ्ग शाह, पार्टी सभापति मान बहादुर नेपाली लगायतले सम्बोधन गर्ने कार्यक्रम रेहेको छ। झुला नेपाली काँग्रेसको बलियो जनाधार भएको गाविस रहेकोले एमाओवादी अत्तालिएको काँग्रेस रुकुमका पार्टी सभापति मान बहादुर नेपालीले बताउनुभयो।
एमाओवादी कार्यकर्ताहरु अहिले उक्त स्थानबाट भागिसकेको र स्थिति सामान्य रेहेको काँग्रेस रुकुमले जानकारी दिएको छ। खलंगाबाट हिडेको शाह सहितको टोली झुला पुग्ने क्रममा रहेकोले जिल्ला प्रहरी कार्यलयबाट थप सुरक्षा त्यसतर्फ पठाउने तयारी भईरहेको जनाईएको छ।

Post a Comment

 
Top