माओवादीले लुट्यो कांग्रेसको प्रचार सामग्री
असोज ३० –
चुनाव प्रचार प्रसारको लागी रुकुमको सिम्ली र गरायला लैजादै गरेको नेपाली कांग्रेस रुकुमको प्रचार सामग्री एकीकृत नेकपा माओवादीका कार्यकर्ताले लुटेका छन् ।
रुकुम क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उम्मेदवार गोपालजी जंग शाह नेतृत्वको टोलीले छिवाङ गाविसमा स्थानीय कार्यकर्तालाई छोडेको दुई सय थान टिसर्ट, १० थान माइक र घोषणापत्रलगायतका प्रचार सामग्री गरायला तर्फ लैजाँदै गर्दा लुटिएको कांग्रेस रुकुमले जनाएको छ ।
यस विषयमा एकिकृत माओवादीको कुनै प्रतिक्रिया आएको छैन ।
Post a Comment