0

सुरक्षाकर्मीले सुत्केरी र किरियाबाहेक विदा बस्न नपाउने

 आश्विन १९ -
 संविधानसभा चुनावलाई लक्षित गर्दै सुरक्षा निकायहरूले बिदा कटौती गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुत्केरी र किरिया बिदाबाहेक सबै बिदा कटौती गरेका हुन् । यी सुरक्षा निकायका कर्मचारीले दसैं, तिहार र छठ पर्व ब्यारेकमा नै मनाउने छन् । चुनाव अवधिभर क्षेत्रीय सुरक्षा प्रमुख र अञ्चल प्रहरी प्रमुखहरूले पनि बिदा पाउने छैनन् ।
सशस्त्र प्रहरीले बिहीबार उम्मेदवारी दर्ता भएको दिनदेखि बिदा रोकेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सिंहबहादुर श्रेष्ठले बताए । नेपाल प्रहरीले पनि एक साता अघिदेखि चुनावी सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर बिदा रोकेको छ । चुनाव सम्पन्न नभएसम्म यी सुरक्षा निकायका जवानहरूले दैनिक १६ घन्टा ड्युटी गर्नेछन् । चुनावमा नेपाल प्रहरीका ४८ हजार ७ सय ८९, म्यादी ४४ हजार ७ सय २४ र सशस्त्र प्रहरीबाट २९ हजार २९ सुरक्षाकर्मी खटिने छन् ।

Post a Comment

 
Top