0

 प्रचण्डको चुनाव क्षेत्रमा ओलीले यूथफोर्स गठन गर्ने

 असोज २० -

 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने काठमाडौं १० मा एमालेले यूथफोर्स गठन गर्दैछ ।

सोमबार दिउँसो थानकोट कोतघरमा हुने युथफोर्स घोषणा सभामा पार्टी नेता केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाइएको छ ।
मंसिर ४ गते हुने संविधानसभा चुनाव सफल पार्नको लागि युवा स्वंयसेवक दस्ता अर्थात यूथफोर्स गठन गर्ने नीति अनुसार नै कार्यक्रम हुन लागेको युवा संघले जनाएको छ ।
प्रचण्डको क्षेत्रमा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओली संविधानसभा निर्वाचनमा झापा ७ बाट चुनावमा उठ्नु भएको छ । जहाँ एकीकृत नेकपा माओवादीका गोपाल किराँती पनि उठ्नु भएको छ ।

Post a Comment

 
Top