वैद्य माओवादीकाले पनि उम्मेदवारी दिए
असोज १८ 
निर्वाचन बहिस्कार घोषणा गरेको नेकपा-माओवादीले भक्तपुरमा स्वतन्त्र उम्मेद्वार दर्ता गराएको छ ।माओवादीका नेवा राज्य समिति सदस्यले भक्तपुरको दुबै क्षेत्रबाट प्रत्यक्षमा स्वतन्त्र उम्मेद्वार दिएका हुन् ।
राज्य समिति सदस्य भक्तपुर नपा १० व्यासीका श्रीकृष्ण सुलुले क्षेत्र नम्बर १ र सिपाडोलका टेकप्रसाद उप्रेतीले क्षेत्र नम्बर २ बाट निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गरेका हुन् ।
आफूले पार्टीगत नभई व्यक्तिगत रुपमा उम्मेद्वारी दिएको सुलुले बताए ।
उनी पार्टीको भक्तपुर नगर समितिका सेक्रेटरी हुन् भने उप्रेती सिपाडोल गाविस इन्चार्ज हुन् ।पार्टीको देशव्यापी रुपमा निर्वाचन बहिष्कार गर्ने नीति भए पनि आफूले व्यक्तिगत अधिकार प्रयोग गरेर पार्टीको तर्फबाट नभई स्वतन्त्रबाट उम्मेद्वारी दिएको उप्रेतीले बताए ।
Post a Comment