गोली प्रहारपछि उनीहरु मोटरसाइकलमै भागेका प्रत्यक्षदर्शीले बताए। बाराका प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयका अनुसार उनलाई तत्कालै उपचारका लागि वीरगन्ज अस्पताल पुर्याइएको छ। अहिले उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ। आलाम एमाले क्नद्रीय सदस्य तथा मुश्लिम इतिहाद संघका अध्यक्ष पनि हुन्। प्रजिअ बजिमयले काठमाडौंबाट हेलिकप्टर मगाएर राजधानी लैजाने तयारी भइरहेको बताएका छन्। गोली प्रहार गर्ने समूह फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले एमालेका तर्फबाट मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि हिजै बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थिए। घटनाको विरोधमा एमाले कार्यकर्ताले वीरगञ्ज बजार बन्द गर्ने बताएका छन्। उनीहरुले घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment