पैसा त कागज भएछ : हरिवंश आचार्य
‘विहान एक किलो काँक्रो किनेको एक सय पर्यो, मुला पनि सय रुपैयाँ किलो पर्यो । पैसा त कागज भएछ भाइ ।’
हरिवंश आचार्यलाई दशैं कस्तो भयो भनेर सोध्दा उहाँको पहिलो उत्तर यहि थियो । आफन्तको स्वागतका लागि आफू व्यस्त रहेको भन्दै आचार्यले छोटो कुराकानीमा भन्नुभयो, ‘काठमाडौंमा महँगी त नियन्त्रण भन्दा बाहिर गएछ ।’
सोमबार दशैंको टिकाको दिन मान्यजनकोमा टिका थाप्न गएका आचार्य मंगलबार एकादशीको दिन भने आफ्ना आफन्तलाई स्वागत गर्न घरमै व्यस्त हुनुहुन्थ्यो । लगातारको पानीले अरु नेपालीलाई जस्तै आफूलाई पनि पिरोलेको उहाँ बताउँदै हुनुहुन्थ्यो ।
सधैं व्यस्त रहने आचार्यले यो दशैंमा नयाँ टेलिफिल्मको स्क्रिप्ट लेखेर सकेको र दशैं लगत्तै छायांकनमा जाने बताउनुभयो ।
Post a Comment