0

यौनकान्डमा मुछियो ओशोधाम

–सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ।

आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो। सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन' भनेर उस्काएको बताएकी छिन्।
उनका अनुसार नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर छन्। प्रहरी उनको खोजीमा सक्रिय छ। तर, फेला परेको छैन।
केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल भागेको र उनी नागार्जुनको आशोधाममा रहेको केही भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्।
उच्च प्रहरीस्रोतका अनुसार केही दिन अगाडि नेपाल प्रहरीलाई समेत नारायण साई काठमाडौंमा भएको खवर आएको थियो। सोही खवर अनुसार नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाएपनी नारायण साई देखिएनन्।
पछिल्लो अनुसन्धानमा भने नारायण साई भारतीय भुमिमै रहेको भारतीय प्रहरीलेनै पुष्टी गरेका छन्। आजतकका अनुसार नारायण शाईलाई पक्राउ गर्न दिल्लीको सुरतका विभिन्न आश्रममा छापा मारिरहेको छ। प्रहरीवाट जोगिन नारायण साईले एकै दिनमा १७ वटासम्म सिमकार्ड फेरेका छन्।
दिल्लीको साथै छाँदवाडा र इन्दौरमा समेत साईको खोजीमा प्रहरी सक्रिय रहेको आजतकले उल्लेख गरेको छ। आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनिले सुरत प्रहरीमा जाहेरी दिएपछी नारायण साईको खोजी शुरु भएको थियो।
पिडित युवतीका अनुसार उनी सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेकी थिइन्। आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पक्राउ परिसकेका छन्। यौन प्रकरणमा आशारामकी श्रीमती र छोरी समेत मुछिएका छन्।

Post a Comment

 
Top