घाइते कंगारु विमानस्थलको फार्मेसीमा पुगेपछि
असोज ३१ -
अष्ट्रेलियाको मेलबर्न विमानस्थलमा कंगारु प्रवेश गरेपछि केही समय विमानस्थलको केही भाग बन्द गर्नु परेको छ ।
सडकमा कारले ठक्कर दिएपछि घाइते भउको कंगारु सुरक्षित स्थल खोज्दै विमानस्थलको फार्मेसीमा कंगारु पुगेको थियो ।
विमानस्थलको फार्मेसीमा कंगारु देखा परेपछि प्रहरीले विमानस्थलको केही भाग बन्द गरेको थियो । त्यसपछि आएका बन्यजन्तु विभागका उद्धारकर्ताहरुले कंगारुलाई नियन्त्रणमा लिएका थिए ।
विमानस्थलमा कंगारु प्रवेश गरेको यो नै पहिलो पटक भने होइन । यसअघि सन् २०१२ मा पनि मेलबर्न विमानस्थलमा यसैगरी एउटा कंगारु प्रवेश गरेको थियो ।
Post a Comment