0

इस्लाम धर्मावलम्बीहरूको महान् चांड कुर्बानी आज

इस्लाम धर्मावलम्बीहरूको महान् चांड कुर्बानी आज
 ३०  असोज
 इस्लाम धर्मावलम्बीहरूको महान् चांड कुर्बानी आज मनाउदै छन् ।मुसलिमहरुका दुईवटा ठुलो पर्व हुन्छ । पहिलो ईद उल फित्र र आरको ईद(उल हो यसमा खसीको बलिदिने चलन रहेको छ ।वीरगन्जमा दांतेका खसीहरूको मूल्यमा भारी वृद्धि भएको छ। वीरगन्ज बजारमा २८ हजार मूल्य पर्ने खसीको समेत बिक्री भएको छ। यस बजारमा २० किलोदेखि ६० किलोसम्मका ठूलो एवं मझौला आकारका खसीहरूको मूल्यमा यस पर्वको कारण वृद्धि भएको हो। वीरगंज बहुअरीका अनवर मियांले कुर्बानी गर्न भनेर तीनवटा खसी ४७ हजारमा कलैया बजारमा सोमवार किनेर लगेका छन् । आफूले अन्य छिमेकीको लागि समेत खसी किनेको उनले प्रस्टयाए। अन्य दिनमा भने यस्ता खसी ३८ हजारभन्दा बढी कसैले दिंदैनथे, कुर्बानीको कारण यसरी मोल बढेको हो एक मासु व्यवसायीले बताए। यस्ता ठूला खसीहरू सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुरलगायत ठाउंहरूबाट आउने गरेको छ। कुर्बानी पर्वको कारण वीरगन्ज बजारमा अहिले कपडा एवं खानेकुराको बिक्री बढेको व्यापारीहरू बताउंछन्। 

Post a Comment

 
Top