0
बाराबाट आठ पाकिस्तानी नियन्त्रणमा
बाराबाट आठ पाकिस्तानी नियन्त्रणमा
वीरगन्ज, कात्तिकः  एमाले उम्मेदवार तथा मुस्लिम नेता मोहम्मुद आलमको हत्याले असुरक्षाको सन्देश दिइरहेका बेला बारा जिल्ला प्रशासनले आठजना पाकिस्तानीलाई नियन्त्रणमा लिएको छ। विभिन्न मदरसामा धर्मगुरुका रूपमा काम गरेको भन्दै उनीहरूलाई प्रशासनले नियन्त्रणमा लिएको हो।
एमाले नेता आलमको हत्यापछि त्यस्ता अन्य घटना दोहोरिन नदिने प्रयासका क्रममा प्रशासनले मदरसाको सुरक्षा अवस्थालाई प्राथमिकतामा राखेर अध्ययन गर्ने क्रममा ती पाकिस्तानी भेटिएका थिए। मदरसाहरूमा कार्यरत भनिएका उनीहरूलाई वीरगन्जनजिकैको प्रसौनी क्षेत्रमा अवस्थित धार्मिक स्थलबाट नियन्त्रणमा लिइएको छ।
मौलवीका रूपमा कार्यरत रहेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले उनीहरूलाई कार्यालयमै बोलाएर असोज २६ गते नियन्त्रणमा लिएको सुरक्षा स्रोतले बतायो। पाकिस्तानको इस्लामाबादबाट पर्यटक भिसा लिई नेपाल घुम्न आएका उनीहरूले डिसेम्बर १५ सम्म नेपाल प्रवेश अनुमति पाएका थिए।
सुरक्षा मामिला भएकाले उनीहरूको नाम बताउन नमिल्ने जानकारी दिँदै सुरक्षा स्रोतले भन्यो, ‘नियन्त्रणमा लिइएकालाई नाम पासपोर्ट नम्बरसहित उल्लेख गरेर अध्यागमन विभाग काठमाडौंमा सम्पर्कका लागि पठाइएको छ।अध्यागमन स्रोतले नियन्त्रणमा लिएर स्थानीय मुस्लिम अगुवाको जिम्मेवारीमा काठमाडौं पठाइएका उनीहरूलाई कात्तिक गते विभागमा उपस्थित गराइएको बतायो।
ती पाकिस्तानीलाई पर्यटक भिसा लिएर अन्य काम गरेको भन्दै बारा प्रशासनले अध्यागमन विभागलाई पत्र लेखेको छ। बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईले पाकिस्तानीलाई नियन्त्रणमा लिइएको स्वीकार गरे। उनले भने,‘पर्यटक भिसामा आएर विभिन्न मस्जिदमा काम गरेको पाइएकाले नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाएका हौं।
बाराबाट पाकिस्तानीहरू नियन्त्रणमा परेको यो पहिलो घटना भने होइन। करिब महिनाअघि नेपाल प्रहरीको प्रतिआतंकवाद विभाग ९हाल विशेष ब्युरो० ले सातजना त्यस्तै धार्मिक गुरु बताउने पाकिस्तानीलाई बाराका विभिन्न मदरसाबाट नियन्त्रणमा लिई पाकिस्तान पठाइदिएको थियो। अहिले नियन्त्रणमा लिइएका पाकिस्तानीलाई पनि उनीहरूकै देश फिर्ता पठाउने तयारी विभागले गरेको बुझिएको छ।

छिमेकी मुलुक भारतले नेपाल९भारत सीमा क्षेत्रमा रहेका मदरसामा पाकिस्तानीको प्रभाव रहेको भन्दै यो विषयलाई हरेकजसो दुईपक्षीय सुरक्षा बैठकमा उठाउने गरेको छ।

Post a Comment

 
Top