0

उम्मेदवारको गाडी फोडियो, प्रचार सामाग्री जलाइयोः

उम्मेदवारको गाडी फोडियो, प्रचार सामाग्री जलाइयोः
, ८ कार्तिक
 गोरखाको स्वारा गाउँ विकास समिति वडा नम्बर ४ खारचोकमा एकीकृत माओवादीका कार्यकर्ताको आक्रमणबाट ११ जना एमाले कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
घाइतेलाई उपचारको लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको छ । नेकपा एमालेको चुनावी बैठक बसेको स्थानमा गएराति एकीकृत माओवादीका कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ । 
१०–१५ जना एमाओवादी कार्यकर्ताले अन्धाधुन्ध कुटपीट गरेको एमालेले जनाएको हो । 
घरदैलो अभियानका क्रममा केही दिनयता एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच पटक–पटक विवाद हुँदै आएको गोरखाका प्रहरी नायव उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।
उता, दाङको तुलसीपुर बजारमा एमाले उम्मेदवार शंकर पोखरेलले चुनावी प्रचारमा प्रयोग गरेको बा२च २७३४ नम्बरको गाडी नेकपा–माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । 
त्यस्तै, घोराहीको गैरागाउँमा मतदाता शिक्षा समन्वय समितिले प्रचारको क्रममा लगेका प्रचार सामाग्री समेत नेकपा–माओवादीका कार्यकर्ताले जलाइदिएका छन् ।

Post a Comment

 
Top