उम्मेदवारले मागे सुरक्षा गार्ड
बारामा संविधानसभा निर्वाचनका उम्मेदवारहरुले सुरक्षा गार्ड उपलब्ध गराउन प्रहरी प्रशासनमा दबाब दिन थालेका छन् । ठूला पार्टी र पहुँचवाला उम्मेदवारलाई छानी–छानी सुरक्षा गार्ड उपलब्ध गराएपछि साना दलका उम्मेदवारले दबाब दिन थालेका हुन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले प्रहरीको जनशक्ति हेरेर र उम्मेदवारको सुरक्षा खतरा विचार गरी सुरक्षा गार्ड उपलब्ध गराइएको जानकारी दिए ।
जिल्लामा २ सय ४१ जना उम्मेदवार प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छन् । २ सय ४१ मध्ये २७ जना उम्मेदवारलाई सुरक्षाका लागि प्रहरी खटाइएको छ ।
एमाले उम्मेदवार मोहम्मद आलमको हत्या गरिएपछि अरु उम्मेदवारले सुरक्षाकर्मी मागेका हुन् ।
Post a Comment