‘फाइलिन’ आँधीको प्रभाव नेपालमा चार दिन रहने; अधिकांश ठाउँमा बर्षा
मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ नामक आँधीबेहरीको प्रभाव नेपालमा परेको जनाएको छ । नेपालको पूर्वी तराई तथा मध्य तराईमा भारी वर्षा गराउने अवस्था रहेको र काठमाडौँ उपत्यकामा पनि त्यसको असरले बदली भई सामान्य वर्षा हुने अवस्था देखिएको वरिष्ठ मौसमविद् विद्यारत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सो आँधीबेहरीको असर तीन चार दिनसम्म रहिरहने र पश्चिमी भेगमा भने कम असर रहने छ ।
सो आँधिीबेहरी समुद्रबाट उत्पत्ति भएर सक्रिय रहने र जमिनमा आएपछि विलय हुँदै जाने गर्छ । सो आँधीबेहरीका कारण भारतका विभिन्न स्थानको जनजीवन प्रभावित भएको थियो । आँधीबेहरीको प्रभाव मुलुकमा देखिँदासम्म वायुमण्डलमा पानीको गतिविधि बाँकी रहने हुँदा मनसुन कायमै रहने मौसमविद् शाक्यले जानकारी दिनुभयो ।
Post a Comment