जर्नेलहरुमाथी कार्वाहीकालागी जंगी अड्डामा सैनिक अदालत गठन
- काठमाडौ -नेपाली सेनाका उपरथी राजेन्द्र क्षेत्रीको इजलासले कोर्ट अफ इन्क्वायरीको प्रतिवेदन बुजmाएपछि प्रधानसेनापति गौरब शमशेर राणाले कोर्ट मार्शल सैनिक (अदालत) गठन गरेका छन्। सैनिक अदालतको पहिलो निसानामा परेका छन उपरथी प्रेमप्रकाश थापा मगर र सहायक रथी हेम खत्री । सहायक रथी खत्रीलाई नियम विपरित पाकिस्तानमा एनडिसी कोर्ष गर्न पठाएको र त्यसकालागी तत्कालिन प्रधानसेनापती छत्रमान गुरुगंलाई उपरथी प्रेमप्रकाश थापा मगरले उस्काएको उपरथी राजेन्द्र क्षेत्रीको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनमा भनिएको स्रोतले बतायो । खत्रीलाई एनडिसि कोर्षमा पठाउदा सिनियर सहायकरथीहरुलाई मर्का पुगेको प्रतिवेदनमा भनिएको छ । खत्री एनडीसी गर्न पाकिस्तान पठाइएका र सो कोर्ष पूरा गरेर २०६९ मा फर्केका थिए । उपरथी राजेन्द्र क्षेत्रीको इजलासमा कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनले दोषी ठहर्या्इएका उपरथी प्रेमप्रकाश थापा मगर र सहायक रथी हेम खत्रीका लागि जनरल सैनिक अदालत९कोर्टमार्शल० गठन भएपछि २०७० को विजयादशमी उनीहरूका लागि दशा बन्न गएको छ। सैनिक ऐन २०६३ को परिच्छेद–८ र दफा ६७ को ब्यवस्था अनुसार,’कम्तीमा एकजना रथीवृन्द, दुईजना महासेनानी वा प्रमुख सेनानी र दुईजना सेनानी दर्जाका अधिकृत रहने गरी पाँचजना अधिकृत रहेको जनरल सैनिक अदालत’ भनिएकोमा उपरथी प्रेमप्रकाश थापा मगर र सहायक रथी हेम खत्रीलाई दण्ड सजाय गर्नका लागि वरिष्ठ उपरथी प्रदीपविक्रम राणाको नेतृत्वमा कोर्टमार्शल खडा गरिएको छ । रथीद्वय नेत्रबहादुर थापा र पवनबहादुर पाण्डेले कोर्टमार्शलको नेतृत्व गर्न अस्वीकार गरेपछि उपरथी राणाको नेतृत्वमा कोर्टमार्शल गठन भएको हो। उपरथी प्रेमप्रकाश र सहायक रथी हेम खत्रीलाई कोर्टमार्शलपछि के सजाय होला त भन्ने जिज्ञासा अहिले आर्मी हेडक्वार्टरभित्र उत्पन्न भएको छ। २०६९ मा ३ वर्षे कार्यकालका लागि बढुवा भएका उपरथी प्रेमप्रकाशको सैनिक ऐन २०६३ अनुसार थप हुन सक्ने दुई वर्षे कार्यकाल नथप्ने चर्चा जंगी अड्डामा चलेको छ। प्रेमप्रकाशको दुई वर्षे अवधि थप हुँदाको अवस्थामा उनी रथी चाहिं स्वतः हुने स्थिति रहेको थियो, कोर्टमार्शल भएपछि यो सम्भावनाको अन्त भएको छ। त्यस्तै अर्का सहायक रथी खत्रीलाई दबाबमा राजीनामा दिन लगाएर घर पठाउने वा हल्का सजाय गर्दा उनको पनि चारवर्षे पदावधि पूरा भएपछि थप हुन सक्ने तीन वर्षे पदावधि थप नगर्ने गरी सजाय हुन सक्ने अड्कल काटिदैछ।
Post a Comment