दशैमा आइजीपीको दौड
सिंहको अवकाससँगै रिक्त भएको स्थानमा जो एआइजी हुन सफल हुन्छन् उही रानापछीको प्रहरी प्रमुखमा नियुक्त हुने भएकाले एआइजी हुन डिआइजीविच तिब्र प्रतिष्पर्धा छ। वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका उपेन्द्रकान्त अर्याल र दोस्रो नम्बरमा रहेका राजेन्द्रसिंह भन्डारीलाई मुख्य प्रतिष्पर्धी मानिएपनी चौथो नम्बरमा रहेका सुरेन्द्रबहादुर शाहले समेत कडा टक्कर दिइरहेका छन् नै। तेस्रो नम्बरमा रहेका नारायण वस्ताकोटी लगायतका डिआइजीहरु आइजीपीको रिङ बाहिर देखिएका छन्। वरिष्ठतामा अगाडि भएपनी विशेष पदका आधारमा एसएसपीवाट डिआइजी बनेकी पार्वती थापाको बाटो केही अप्ठ्यारा भएपनी उनले दौड त्यागेकी छैनन्। प्रहरी संगठनको पहिलो महिला प्रमुख बन्न उनको कसरत जारी छ। निर्वाचनको मुखैमा प्रहरी प्रमुख फेर्दा सुरक्षामा नकारात्मक प्रभाव पर्ने विष्लेशणसहित सरकार एक महिना भएपनी रानाको अवधी बढाउने कसरतमा छ। तर, राष्ट्रपती सहित प्रमुख दलका नेताहरु यसप्रति सकारात्मक देखिएका छैनन्। जानकार अधिकारीका अनुसार राष्ट्रपती यादव नियमित प्रकृयामा प्रहरी प्रमुख छान्नुपर्ने पक्षमा देखिएका छन्। एकिकृत माओवादी, काँग्रेस र एमालेका प्रभावशाली नेताहरु म्याद थप्ने हो भने निर्वाचनपछी बन्ने नयाँ सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गर्न सक्नेगरी म्याद बढाउने पक्षमा देखिएका छन्।
स्रोतका अनुसार आइजीपीको प्रतिष्पर्धीहरु समेत रानाको एक महिना म्याद थपप्रति सकारात्मक छन्। नेपाल प्रहरीमा महिला प्रहरी प्रमुख हुनुपर्ने थापाको लविङलाई प्रभावहिन बनाउन उनीहरु सकारात्मक देखिएको निकट जानकारहरुको मत छ। ुजे जस्तो गेम भएपनी आइजीपी हुने अर्याल, भन्डारी र शाहमध्ये एक हुन्ु विश्वस्तस्रोतले भन्यो ुम्याद थप भएपनी, नभएपनी छानिने यीमध्येनै हुन्।

Post a Comment