0


मैले नबुझेको NRN:

NRN प्रति मेरो उच्च सम्मान र आदर छ! तर आजअलि NRN बारे केहि बिबास्द्पद बिषयमा छलफल गर्न मन लाग्यो!
कानुनले भनेको, हामीले बुझेको, सबैले चिनेको र भनिएका एनआरएनका साथीहरुले दाबि गर्ने गरेको एनआरएनमा के फरक छ? साच्चिकै एनआरएन भन्नाले सर्बसाधारण ले के बुझ्नु पर्छ र कसरि बुझ्नु पर्छ?
यो NRN भन्ने संस्था कानुनी हैसियत प्राप्त भनु भने कहिकतै कानुन बमोजिम नेपालमा दर्तासम्म भएको आजसम्म थाहा पाएको छैन, गैरकानुनी भनुभने सरकार, ... निजीक्षेत्र र समाजले अघोसित रुपमा पूर्ण मान्यता दिएको पाइन्छ, तेतिमात्र कहाँ हो र यो निकायको सभा सम्मेलन समन्वय र सहयोग गर्न सरकारले माननीय परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति समेत बनाई ठुलो आर्थिक सहयोग पनि गरेकै छ! NRN को कानुन छैन भनु भने ऐनपनि आइसकेकै छ, फोकल मन्त्रालयको रुपमा MoFA लाइ तोकेकै छ!
NRN केहो भन्ने कुरा कुनै समयमा हाम्रो कुटनीतिक वृतमा समेत छलफल गरे अनि सोधे यो NRN के संस्था हो भनेर अनि कसैले यो संस्था लाइ Non Residential Nepali Association भने तीमध्येका केहीले Non Required Nepali Association etc. भन्यो, दुखः पनि लग्यो तर पछि चित्त बुझाए अनि बुझे यो मैले मात्र होइन धेरै अरुले पनि हालसम्म नबुझेको रहेछ !
मैले बुझ्न न सकेको कुरा आखिर सैधान्तिक र व्यवहारिक हिसाबले हेर्दा NRN को को हुन् सक्छ ?अझ भन्नु पर्दा बिदेशमा १-२ बर्षलाइ श्रम गर्न गएको वा २-४ बर्ष लाइ अध्यन वा अध्यापन गर्न गएकोलाइ व्यवहारिक रुपमा NRN मान्ने कि न मान्ने ? यो संस्थाको सदस्य हुनेकी न हुने वा भएपनि को हुने, कसरि हुने? कहिले सम्म हुने?
यसका अतिरिक्त मैले थाहा न पाउन सकेको अझ अर्को कुरा यो संस्थाले हालसम्म नेपालमा कहाँ कहाँ र कसरि के कति लगानी गरे? NRN बाट हाम्रो देश नेपालमा प्राप्त भएको योगदान र प्रभाब के हो बुझ्न सकेको छैन!यसको हिसाबकिताब कुन निकाय संग छ हेर्न सकिन्छ कि?
NRN राख्ने हो र नेपाल भित्र समेत मान्यता दिनेहो भने कानुनी प्रक्रिया मिलाएर पूर्ण बैधता सहित तुरुन्त व्यवस्थापन गरौ होइन भने यो नाटक मन्चन हुन् थालेको लामो समय भयो; अब यसलाई पुर्णबिराम लगाउनु पर्छ कि ?

Post a Comment

 
Top