0

रौतहटमा हात्तिको आक्रमणबाट महिलाको ज्यानै गयो

Elephant attack in Rauthat women killed
रौतहटमा हात्तिको आक्रमणबाट महिलाको ज्यान गयो
२९ आश्विन
रौतहटमा जंगली हात्तिको आक्रमणमा परी सोमबार राती एकजना महिलाको ज्यान गएको छ ।
सोमबार सांझ सांडे सात बजेको समयमा खेतको काम सेकर घर फर्कने क्रममा ती महिलालाई हात्तीले बाटोमा आक्रमण गरेको हो । चन्द्रनिगाहपुर-८ की ५० वर्षीया असर्फी देवी थरुनीको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको प्रहरी निरीक्षक नन्दलाल साहले जानकारी दिए ।आक्रमणपछि घाइते थरुनीको उपचारको लागि अस्पताल ल्याउन लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एउटा मात्र हात्ति आफुले देखेको रिक्सा चालक आश नारायण हजारीले जानकारी दिए । हात्तिको आक्रमण बाट हजारी समेत समान्य घाइते भएका छन् भने उनको रिक्सा पुर्ण रुपमा छेति भएको उनलेजानकारी दिएका छन् । तराईमा यस्तो लामो समय देखी जंगली हात्तीले दुख दिन थाले पछी स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रशासनले यो बिषयमा खासै चासो नदेखाएकाले सो घटना दोहोरीरहेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

Post a Comment

 
Top