0
राजेदवीमा १४ हजार ७ सय २१ बोका बली प्रदान
काशिन्द्र कुमार शर्मा
यसपाली जनकपुरमा माता राजदेवीमा १४ हजार ७ सय २१ बोका बली प्रदान भएको छ । शनिबार सांझैदेखि बली प्रदान कार्र्यक्रम शुरु भएको थियो । गत बर्षको तुलनामा यसबर्ष बोका बली प्रदान कम भएको छ । पोहोर साल १४ हजार ७ सय ५४ बोका बली प्रदान भएको थियो भने यसपाली १४ हजार ७ सय २१ बोका बली प्रदान भएको छ । यसअघि गुठी संस्थान जनकपुरले १६ हजारको हाराहारीमा बली प्रदान हुने दाबी गरेका थिए । माता राजदेवीमा बर्षौदेखि बली प्रदान कार्यक्रम चल्दै आएको छ । जनकपुरको अन्य विभिन्न ठाउँमा पनि बोका बली प्रदान गर्नुका साथै ग्रामिण भेकमा पनि बोका भाकल गर्ने बढदै गएको छ ।

Post a Comment

 
Top