भोट जित्न 'नोट' निर्णायक
'नेपालका ७५ जिल्लामध्ये चुनावमा सबैभन्दा बढी पैसाको चलखेल पर्सामा हुन्छ,' एमाले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामचन्द्र साहले नागरिकसँग भने, 'उम्मेदवारका मानिसहरू चुनावको दुई दिनअघि पैसाको बिटा बोकेर गाउँ पस्छन् । यसपटक पनि यस्तै दोहोरियो भने मत परिणामबारे अहिले गरिएको आँकलन फेरबदल हुन सक्छ ।'
यहाँ 'पैसाको बिटा'ले भोट किन्नु परम्पराजस्तै बनेको छ । हरेक चुनावमा पैसा निर्णायक हुने यहाँका मतदाता, पार्टी कार्यकतौ र नेताहरू स्विकार्छन् ।
पैसाको प्रभाव ग्रामीण क्षेत्रमा मात्र होइन, आर्थिक नगरी भनेर चिनिएको वीरगन्जमा समेत पर्ने गरेको स्थानीय नेता तथा मतदाता बताउँछन् । 'नोटमा भोटको किनबेच'लाई पर्साको तीतो यथार्थ भन्छन् नेताहरू । पैसाको चलखेल व्यापक हुने भएकाले राजनीतिक दलहरूले पनि यहाँ उम्मेदवार चयन गर्दा आर्थिक पृष्ठभूमिलाई महŒव दिने गरेको गुनासो छ ।
चुनाव प्रचारप्रसार पनि महँगो हुँदै गएकाले पैसा भएकाहरू प्रतिस्पर्धामा अगाडि हुने गरेका छन् । पर्सा २ र ३ यसपटक अधिक पैसा खर्च हुने अनुमान यहाँका नेता तथा मतदाताको छ ।
'पैसाले मत किनबेच हुने भएकाले यहाँ जतिबेला जे पनि हुनसक्छ,' पर्सा २ का मतदाता कृष्णकन्हैया कायस्थले भने, 'यहाँ पैसा र मसल दुवैको प्रयोग हुन्छ । जसले बढी प्रयोग गर्छ त्यसैले मत बढाउँछ ।'
गरिबी र अशिक्षित जनता बढी भएकाले यहाँ उम्मेदवारलाई पैसा खर्च गरी भोट किन्न सहज बनेको छ । वीरगन्ज आर्थिक नगरी भएकाले पनि यहाँ पैसाको कारोबार बढी हुन्छ । उद्योगी, व्यापारी, तस्कर, ठेकेदार यहाँ बढी हुने भएकाले चुनावका बेला उम्मेदवारलाई पनि पैसा उठाउन सहज छ ।
'२०१५ सालको चुनावमा कांग्रेसले सबैभन्दा बढी मत पाएको जिल्ला हो पर्सा । २०३६ सालको जनमत संग्रहमा निर्दलका पक्षमा सबैभन्दा बढी भोट पर्साबाटै गएको छ,' भोट किनबेचको पृष्ठभूमि खोतल्दै कायस्थले भने, 'भारतीय सीमा नजिक छ, कारोबार बढी छ, पैसा बढी छ । अनि यहाँ भोटको किनबेच नभएर कहाँ हुने !'
भारतसँगको प्रमुख नाका भएकाले वीरगन्जमा नेपाल र भारत दुवैतिर बस्ने र दुवैतिर नागरिकता लिएका व्यक्तिहरू पनि धेरै छन् । नेपाली नागरिकता लिएका भारतीय नागरिकले 'नोट'मा भोट दिने गरेको गुनासो यहाँका नेता तथा कार्यकर्ताको छ । नेपाली नागरिकता लिएका भारतीय यसपालि पनि मतदाता छन् । 'भारतका नागरिकले पहिले यहाँ मतदान गरे । अहिले उनीहरूलाई रोक्ने प्रयास गरेका छौं,' नेपाली कांग्रेसका जिल्ला सचिव अशोक जैसवालले भने, 'पैसामा बिक्ने मत यहाँ छ । तर धेरै छैन ।'
स्थानीयका अनुसार विगतमा उम्मेदवारले व्यक्ति–व्यक्तिलाई कम र १० भन्दा बढी मत साथमा रहनलेलाई ठूलो रकम एकमुष्ट दिने गर्दथे । अहिले पनि बैंकको ऋण तिरिदिने, मोटरसाइकल र मोबाइल किनिदिनेजस्ता आश्वासन उम्मेदवारले दिँदै आएका छन् ।
व्यक्तिगत 'इगो'का कारण पनि नोटले भोट किन्ने परम्परा बढेको बुझाइ पर्सा १ का तराई–मधेस लोकतान्त्रिक पार्टी उम्मेदवार विमल श्रीवास्तवको छ । जित्नलाई मात्र नभई कसैलाई हराउनकै लागि भने पनि नोटले भोट किन्ने परम्परा पर्सामा चल्दै आएको उनले जनाए । 'इगो समस्याका कारण अरूलाई हराउन मत किनबेच हुने गर्छ । नोटले भोट किनिन्छ भन्ने शतप्रतिशत सत्य होइन तर यहाँ नोटको खेल हुन्छ,' श्रीवास्तवले भने ।

Post a Comment