एकले अर्का प्रति जिम्मेवारी देखाउँदा वन जोखिमा
जिम्मेवारी कसको भन्ने विवादमा मनहर्वा अन्तर्गत साझेदारी वनक्षेत्र जोखिममा परेको छ । बाराको हलखोरिया साझेदारी वन व्यवस्थापन समिति, जिल्ला वन र नेचुरल रिर्सोस ईण्डस्ट्रीज प्रा.लि.मनहर्वाले वन संरक्षणमा एकले अर्का प्रति जिम्मेवारी देखाउँदा वन क्षेत्र जोखिमा परेको हो ।
राष्ट्रिय निति अनुरुप स्थापित हलखोरीया साझेदारी वनले करीब ५ बर्ष अगाडि १७५ हेक्टर वनको क्षेत्र नेचुरल रिर्सोस ईण्डष्ट्रीज प्रा.लि.लाई सुगन्धित जडिबुटि खेतिगर्न दिएको छ । उक्त प्रालिले हाल ३०हेक्टर क्षेमा मात्र खेति गरी रहेको जनाएको छ ।
तोकिएको क्षेत्रमा विभिन्न जातका जडिबुटि खेति गर्ने, तारबार गर्ने,वृक्ष रोपण गर्ने र वन शंरक्षणमा सहयोग गर्दै आम्दानीको १७।५ प्रतिशत रकम साझदारीमा बुझाउने शर्त रहेको साझेदारीका अध्यक्ष राजकुमार अर्यालले जानकारी दिनु भयो ।
वन शंरक्षण गर्ने कार्य महत्वपूर्ण भए पनि आम्दानिको हिस्सा वुझाएकाले साझेदारी वनले सो हिस्सा रकम वन शंरक्षणमा नै खर्चनु पर्ने हो ।उक्त कार्यका लागि ठुलो रकमको आवश्यकता पर्ने हुँदा जिल्ला वन ,साझेदारी र रिर्सोस समेतको लगानिमा तारवार,वृक्षरोपण र शंरक्षण गरीनु पर्ने तर सोकालागि आवश्यक तालमेल हुन नसकेको रिर्सोस प्रालि मनहर्वाका प्रमुख अजयकुमार जैसवालले वताउनु भयो ।
भने साझेदारी वन तथा रिर्सोस प्रालि.विचको सहमतिमा उक्त क्षेत्र व्यवस्थापन भईरहेकाले सो क्षेत्र शंरक्षणको जिम्मेवारी तिनैले लिनुपर्ने जिल्ला वन कार्यालय अन्तर्गतको डकाहा रेञ्जपोष्टका प्रमुख साहायक वन अधिकृत अशोक सिंहको भनाई छ ।
यसरी वनसंग प्रत्यक्ष सम्वन्ध रहेका र सो क्षेत्रलाई मुख्य श्रोत वनाई कार्य गर्दै आईरहेका निकायहरुको बिचमा तालमेल नभएकाले वनक्षेत्र जोखिमा परेको हो । दिन दिनै वनक्ष्ोत्र विनास र अतिक्रमण भइ रहँदा पनि शंरक्षणमा सम्वन्धित निकायले चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
Post a Comment