साउदीमा रहनुहुने श्रमिक मित्रहरू, पर्सी सोमबार (४ नोभेम्बर) देखि साउदी सरकारले हाम्रो ‘बैधता’को बिशेष र ब्यापक रूपमा चेकजांच गर्दैछन । यसपटक हुने चेकजांचमा हाम्रो रोजगारको करारनामा (Agreement) त्यो पनि यहांको च्याम्बर अफ कमर्शले अनुमोदन गरेको कागज हामीसंग अनिवार्य हुनुपर्ने समाचारमा उल्लेख छ । यो ‘नयां’ (जांच) हुनेछ, किनकि हामी धेरैजना, जसले करारनामा नबिकरण गरेर यहां रहेका छौं, हाम्रो नबिकरण गरेको करारनामा कम्पनीको कार्यालयमा मात्र हुनसक्छ, या जो जो संग छ, च्याम्बरले अनुमोदन (Attestation/Endorsement/Stamping) नगरेको हुनसक्छ । यसर्थ अझै १ दिन बांकि छ, त्यो करारनामा लिएर आफ्नो साथमा राखौं, साथै इकामा (ओरिजिनल), ड्राइभिङ लाइसेन्स (चालकहरूका लागि) हमेशा साथमा राखौं र साउदीको बसाई तथा रोजगारलाई कानूनतः सुरक्षित राखौं ।
Post a Comment