0

१५ लाख वरावरको पट्का सहित तीन जना पक्राउ

१८ कात्तिक
 मोरङ्ग प्रहरीले विक्री वितरण र ओसार पसारमा प्रतिवन्ध लगाएको रु १५ लाख मूल्य वरावरको पटका विराटनगरवाट वरामद गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त पट्का सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पट्का सहित विराटनगर – ३ वस्ने ३७ वर्षिय प्रमोद कुमार साह,विराटनगर–९ वस्ने ३१ वर्षिय सुनिल साह र विराटनगर १५ वस्ने ३५ वर्षिय मनोहर साहलाई गए राति पक्राउ गरेको वताउनु भयो ।वरामद गरिएका पटकाहरुमा भुइचम्पा, रकेट, आलुबम, बुलेटबम, चकलेट बम, खुर्सानी पटका, फूलझरी, घिर्नि, झिरझिरे लगायतका रहेका छन् ।
आ– आफनो पसल मार्फत विक्री गरिरहेको अवस्थामा पक्राउ परेका तीनै जनालाई सार्वजनिक मुद्दा चलाइने प्रहरी उपरीक्षक पोखरेलले वताउनु भएको छ । 

Post a Comment

 
Top