0
माडीको कल्याणपुरमा वाइसिएलका कार्यकर्ता माथि आक्रमण 
चितवनको माडी कल्याणपुरमा बाइसिएलका दुई कार्यकर्ता माथि आक्रमण भएको छ । युथ फोर्सका कार्यकर्ताको आक्रमणबाट वाइसिएलका रमेश सुनार र यम कुमार शाह घाइते भएका छन् ।
 
घाइते मध्ये रमेश सुनारको अवस्था गम्भिर रहेको वाइसिएलका केन्द्रीय सदस्य तथा क्षेत्र नं ५ का इन्चार्ज हरि भुषालले जानकारी दिनुभयो । 
 
उनीहरुको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ । तिहारको अवसरमा गएराती कल्याणपुरमा साँस्कृतिक कार्यक्रमपछि युथ फोर्सका बिमल के.सी र मुन्ना शाहको नेतृत्वका आएको एक समुहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको भुषालले आरोप लगाउनु भयो । 
 
यता एमाले जिल्ला अध्यक्ष जे.एन थपलियाले भने आक्रमणमा आफ्ना कार्यकर्ता संलग्न नरहेको दाबी गर्नुभएको छ । 
 
 आक्रमणको विरोध गर्दै वाइसिएलका कार्यकर्ताले नथुने शेख र लालु शेखको घरमा तोडफोड गर्नुका साथै घरमा रहेको मोटरसाइकल समेत जलाइदिएको बताईएको छ ।
 
घटनापछि वाईसिएल कार्यकर्ताले इलाका प्रहरी कार्यालय माडीमा किटानी जाहेरी दिएका छन् । प्रहरीकै अगाडी घटना घटे पनि प्रहरीले कुनै सक्रियता नदेखाएको वाईसिएलको आरोप छ । 

Post a Comment

 
Top