नवलपरासीमा भूमिगत राजन मुक्ति समुहको बम
मधेशमा भूमिगत रहेको मधेशी मुक्ति टाईगर समुहले विस्फोट गराउनका लागि राखेको कुकर बम नवलपरासीमा फेला परेको छ ।
कुकर बम बडहरा दुबौलिया गाविस ६ दुबौलिया स्थित नेपाली कांग्रेसका कार्यकर्ता कोयल सहानीको घरमा टेक्टर मुनि राखिएको अवस्थामा फेला पारिएको हो । विस्फोटक पदार्थले भरिएको ३ लिटरको कुकर विहान ५ बजे स्थानीयले देखेको नवलपरासी प्रहरीले जनाएको छ ।
बम राखिएको स्थानको वरिपरि मधेशी मुक्ति टाईगर समुहका अध्यक्ष राजन प्रतापको पर्चा भेटिएको बताईएको छ । बम नेपाली सेनाको परासीबाट गएको बम डिस्पोज टोलीले निष्किृय गराएको नवलपरासी प्रहरीले जनाएको छ ।
कोयल सहानी नेपाली कांग्रेसका सकृय कार्यकर्ता तथा बडहरा दुबौलियाका गाउं एकाई समितिका उपाध्यक्ष हुनुहुन्छ । सो क्षेत्र नं. ५ बाट नेपाली काग्रेसका विक्रम खनालले उम्मेदवारी गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता तथा उम्मेदवारलाई तर्साउन र जनतालाई आतंकित बनाउनका लागि बम राखिएको अनुमान गरिएको छ ।
Post a Comment