0
विवेकशील नेपाली उम्मेदवारहरु र घघडान "भनिएका" उम्मेदवार हरु बीच के फरक छ ?
-----------------------------------------

१. विवेकशील नेपाली उम्मेदवारहरुको छवी स्वच्छ र निश्चल छ । वहाँहरुको पछाडी कुनै राजनैतिक कलंक (political baggage) छैन । 
भने 
घघडान "भनिएका" उम्मेदवार हरु आफै वा आफै नभए वहाँहरुको माउ पार्टी पटक पटक विफल र गनाइसक्नु भएको छ, राजनैतिक रुपमा कलंकित भइ सक्नु भएको छ । वहाँहरु अझै लाजै नमानी जनता समक्ष केहि नभए जस्तै भोट माग्न जान सकि रहनु भएको छ ।

२. विवेकशील नेपाली उम्मेदवारहरु सन्तोष प्रधान र उज्वल थापा ले क्रमश ५० र १५ नेपालीलाई प्रतक्ष रोजगारी दिईरहनु भएको छ । विवेकशील नेपाली कर्मठ, उद्यमशील र गरि खाने युवा हरुको संस्था हो ।
भने
घघडान "भनिएका" उम्मेदवार हरु नेपालीलाई रोजगारी दिने त परको कुरो गरि खाने कर्मठ जनता लाई पनि वहाँ हरु स्वयम् वा माउ पार्टी र भात्री संगठनको मार्फत बारम्बार नेपाल बन्द र चन्दा आतंक जस्ता अमानवीय र घृणित गतिविधि गरि बारम्बार दुख दिइरहनु हुन्छ वा तेस्ता गतिविधि लाइ मौन समर्थन गरि रहनु हुन्छ ।

३. विवेकशील नेपाली उम्मेदवारहरुको राजनीति पेशा होइन । जीवन यापनको लागि वहाँ हरुको आफ्नै ब्यबशाय छ ।
भने
घघडान "भनिएका" उम्मेदवार प्राय सबैजसोको राजनीति गरि खाने भाँडो हो । वहाँ हरुको बैकल्पिक न कुनै ब्यबशाय छ न त कुनै क्षमता नै ।

४. विवेकशील नेपाली संस्थागत रुपमा र विवेकशील नेपाली उम्मेदवारहरु व्यक्तिगत रुपमा भ्रस्ताचारका सख्त बिरोधि हुन्
भने
घघडान "भनिएका" उम्मेदवार हरु धेरै जसो आफै भ्रस्ट भनि कहाली सक्नु भएको छ वा वहाँ हरु भ्रस्ट भनि प्रमाणित भईसकेका आफ्ना नेता हरुको बिरोधमा एक शब्द पनि चुहाउन हिम्मत गर्न सक्नु हुन्न ।

५. विवेकशील नेपाली उम्मेदवार हरु संग समृद्ध नेपाल निर्माण गर्ने स्पस्ट दुरगामी नीति (long term vision for prosperous Nepal) छ । विजय पश्चात संबिधान सभामा गई पहरेदारको भूमिका निभाउने स्पस्ट सोच छ
भने

घघडान "भनिएका" उम्मेदवार हरु खालि यो वाद र त्यो वाद भन्दा कहिल्यै माथि उठ्न सक्नु भएन । भावी संबिधान सभामा घघडान "भनिएका" उम्मेदवार हरु र वहाँ हरुका माउ पार्टीको गएको संबिधान सभामा भन्दा बढी सकारात्मक भूमिका रहन्छ भन्ने पत्याउने एक रत्ति पनि ठाउँ छैन ।

अब भोट कसलाई दिने हो त ?

Post a Comment

 
Top