0

सर्ने संकेत ! चुनावबारे कुरा गर्न खिलराज रेग्मीले डाके आकस्मीक बैठक


१८ कार्तिक,
मंसिर ४ गते घोषित संविधानसभा निर्वाचन सर्वसम्मतिमा नगरे मुलकु द्धन्द्धमा जाने राष्ट्रिय सुरक्षा परिक्षदको सुझाव पछि अलमलमा परेको सरकारले आकस्मीक बैठक डाकेको छ । बैठक मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्नै सरकारी निवास बालुवाटारमा सोमवार विहान डाक्नु भएको छ ।

बैठकमा सहभागी हुन एमाओवादी, काँग्रेस, एमाले सहित काठमाडौंमा रहेका सबै मूख्य दलका नेताहरु पुगेका छन् । बैठक डाकीएको भएपनि चुनाव स्थगित वा अन्य सन्दर्भमा नभइ चुनावी सुरक्षा र सरकारी काम कारवाहीबारे छलफल गर्न बैठक डाकिएको रेग्मीको निजि सचिवालयले जानकारी दिएको छ ।

चुनावको बिपक्षमा रहेको नेकपा माओवादी र उसलाई समर्थन गर्दै आएको दुई दर्जन साना दलहरुले चुनाव बिरोधी गतिविधि बढाएको र यहि २५ गतेदेखी मंसिर ५ गतेसम्म अनिश्चित कालिन नेपाल बन्द गरेका कारण निर्वाचनमा थप सुरक्षा चुनौति आइपर्ने भन्दै सरकारले कडा रुपमा प्रस्तुत भएर जसरी पनि निर्वाचन सम्पन्न गराउने कि बैद्यलाई मनाउन अन्य कुनै उपाय अपनाउने भन्ने विषयमा सरकारले छलफल गर्न लागेको बुझिएको छ ।

Post a Comment

 
Top