गगन थापा बिरुद्ध उठेका पासाङको घरमा बम भेटियो
१८ कात्तिक,
काठमाडौं ४ नम्वर क्षेत्रका एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङको घरको मूल ढोकामा प्रेसर कुकर बम भेटिएको छ । साँझ पौने ७ बजे फेला परेको बम २ घण्टापछि निश्क्रिय पारिएको छ ।
कपनस्थित घरको पश्चिमी ढोकामा फेला परेको बम शक्तिशाली भएको सैनिक स्रोतले जनाएको छ । बम नेपाली सेनाको बम डिस्फोजल टोलीले निश्कृय पारेको हो । एमाओवादी नेता पासाङ देउसी खेल्न घरबाट निस्कनासाथ अज्ञात समूहले बम राखेर भागेको बताइएको छ ।
बम भेटिएको खबर आउनासाथ घर फर्किएका पूर्व माओवादी लडाकू कमाण्डर पासाङले आफैं निश्कृय पार्न खोजेपनि परिवारका सदस्यले रोकेका थिए । लगतै बौद्ध प्रहरीका डीएसपीलाई खबर गरिएको थियो भने आधा घण्टामा नै सेनाको बम डिस्पोजल टोलि पुगेर बम निश्क्रिय पारेका थिए ।
बम राखेर फरार ब्यक्तिको खोजि भइरहेको बौद्ध प्रहरीले बताएको छ । प्रहरीले निर्वाचन बिरोधी क्रियाकलाप गरिरहेका वा पूर्व माओवादीका असन्तुष्ट लडाकुहरुप्रति बढी आशंका र निगरानी बढाएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

Post a Comment